४ कार्तिक २०८३, बुधबार

डा. भट्टराईको मध्यपहाडी लोकमार्ग यात्रा सुरु, करिश्मा किन गइनन् ?

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ माघ । नयाँ शक्ति पार्टीका हरेक कार्यक्रममा अभिनेत्री करिश्मा मानन्धरको अनिवार्य उपस्थिति र सहभागीता हुने गरेको थियो । केही समयदेखि पार्टीका कार्यक्रम र अभियानमा उनको सहभागीता शून्य जस्तै छ ।

मंगलबार पाँचथरको चुवाभन्ज्याङदेखि बैतडीको झुलाघाटसम्म १७७६ किलोमिटर मध्यपहाडी लोकमार्गको यात्रामा भट्टराई, हिसिला यमीसहित नयाँ शक्ति पार्टीका अन्य नेता कार्यकर्ता सहभागी छन् । तर, उक्त कार्यक्रममा करिश्मा भने देखिएकी छैनन् ।

करिश्मा नजानुको कारण भने उनको पार्टीभित्रको सम्बन्ध विग्रनु वा सक्रिय नहुनु होइन । स्कुले जीवनको आइरन गेटको तयारीका कारणले हो ।

यसै बर्षको एसईई परिक्षाको तयारी गरिरहेका कारणले मानन्धर अभियानमा सहभागी नभएकी हुन् । तैपनि यसै बेला उनको सेन्टप (जिल्ला स्तरिय) परिक्षा जारी रहेको छ । उनले भनेकी थिइन्,‘परिक्षाको तयारी गर्नुपर्ने भएकाले यो बर्ष म फिल्म र राजनीतिक कार्यक्रममा सक्रिय नरहन सक्छु ।’

त्यसो त केही दिनअघि उक्त कार्यक्रमबारे जानकारी दिनका लागि राजधानीमा गरिएको पत्रकार सम्मेलनमा पनि मानन्धरको उपस्थिति थिएन ।
दुई बर्षदेखि उनले रोकिएको अध्ययन सुरु गरेकी थिइन् । मैतीदेवीको स्कुलमा उनको माध्यमिक तहको अध्ययनको अन्तिम बर्षको तयारी चलिरहेको छ ।