४ कार्तिक २०८३, बुधबार

इटालियन सिरी ए फुटबलमा युभेन्टस विजयी

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १५ माघ । इटालियन सिरी ए फुटबल अन्तर्गत सोमबार रातिभएको खेलमा युभेन्टस विजयी भएको छ । अवे मैदानमा भएको खेलमा क्रिष्टियानो रोनाल्डोसहितको युभेन्टसले लाजिओलाई २–१ ले हराएको हो।

पहिलो हाफमा गोल हुन नसकेको खेलमा ५९ औँ मिनेटमा युभेन्टसका क्यानले आत्मघाती गोल गरे र लाजिओले अग्रता लियो। ७४ औँ मिनेटमा युभेन्टसका लागिकाभाको क्यानसेलोले बराबरी गोल गरे। खेलको अन्तिम समयतिर पाएको पेनाल्टी युभेन्टसका लागि महत्वपूर्ण बन्यो।

८८ औँ मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै टिमलाई जित दिलाए। जिपछि शीर्षस्थानको युभेन्टसको २१ खेलबाट ५९ अंक भएको छ। युभेन्टस दोस्रो स्थानको नापोली भन्दा ११ अंकले अघि रहेको छ । एजेन्सी