
काठमाडौं, १४ माघ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन् ।
घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको तेस्रो एकदिवसीय क्रिकेटमा शतक बनाउदै कप्तान पारस शतक प्रहर गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । कप्तान पारसले ९६ बलमा शतक प्रहार गरे ।
योसंगै कप्तान पारस एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा सर्वाधिक रन जोड्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।
युएईले दिएको २५५ रनको लक्ष्य पछ्याउँदै मैदानमा पहिलो विकेटको पतनभएपछि आएका खड्काले ९६ बलमा सतक प्रहार गरेका हुन्। उनले १३ चौका र १ छक्का हिर्काएका छन्।
यसअघि उनले नेदरल्याण्डविरुद्धको खेलमा ५१ रन बनाएका थिए। यस्तै उनले आज ब्यक्तिगततर्फ पनि सबैभन्दा धेरै रन बनाउने नेपाली खेलाडी बनेका छन्।
त्यसअघि लिस्ट ए मा दुई सतक बनाएका पारसले ११२ रनको नटआउट नै सर्वाधिक रन हो।















प्रतिक्रिया