४ कार्तिक २०८३, बुधबार

सीता दाहालको स्वास्थ्यमा सुधार, ‘जनरल वार्ड’मा सारियो

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १३ माघ । ललितपुरस्थित सुमेरु अस्पतालमा उपचाररत नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई जनरल वार्डमा सारिएको छ ।

सीताको स्वास्थ्यमा सुधार आएपछि आइतबार आइसीयूबाट जनरल वार्डमा सारिएको प्रचण्डको सचिवालयले जनाएको छ । उपचारमा संलग्न चिकित्सक डा.अशोक शर्माका अनुसार जनरल वार्डमा २४ घण्टा निगरानी पश्चात उनलाई डिस्चार्ज गर्न सकिने छ ।

भाइरल ज्वरोले ग्रस्त बनाएपछि उनलाई माघ ६ गते सुमेरु अस्पतालमा भर्ना गरिएको हो । प्रचण्ड पनि भाइरलबाट प्रभावित भएका थिए । उनी घरमै आराम गरिरहेका छन् ।