काठमाडौं, १३ माघ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको ९ महिना वित्ने तरखरमा छ ।
दुबै पार्टीका नेता र संगठनहरूलाई समायोजनको क्रम अहिलेसम्म ठोस रुपमा हुन सकेको छैन । प्रदेश कमिटी बनाएपनि अन्य कमिटीहरूले आकार पाउन सकेका छैनन् ।
समायोजनका लागि कार्यदल बनाइए पनि त्यो कार्यदलले काम गर्न सकिरहेको छैन । कार्यदललेका प्रतिवेदनलाई आधार बनाएर समायोजना गर्ने र नेताहरूलाई जिम्मेवारी दिने भनेको पनि धेरै दिन भैसकेको छ ।
तत्कालीन एमाले र माओवादी केन्द्रका नेताहरूले पनि आफू अनुकूलको कार्य गरेको भनेर आलोचना हुन थालेको छ ।
यसैबीच, प्रधानमन्त्री केपी ओली विदेशमा रहेका बेला नेकपाका शीर्ष नेताहरूको ललितपुरको झम्सिखेलमा गोप्य बैठक बसेको छ ।
बिहीबार साँझ नेकपाका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरू माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायत नेताको बैठक बसेको उच्च स्रोतले जनाएको छ ।
चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभाबाट वहुमतले पारित गर्नु अघिल्लो साँझ बसेको शीर्ष नेताहरूको उक्त बैठक विधेयक पारित गर्ने विषयदेखि पार्टीको अड्किएको एकता प्रक्रिया, सरकारका नियुक्तिलगायत विषयमा केन्द्रित थियो ।
सरकारले नियुक्तिलागयत विषयमा छलफलपछि निर्णय गर्ने स्थायी समिति बैठकको सारलाई पछिल्लो नियुक्तिमा प्रधानमन्त्रीले वेवास्था गरी अघि बढेको आवाज पनि उठेको स्रोतले जनाएको छ ।
संवैधानिक परिषद्ले गत ६ माघमा ५ वटा आयोगका अध्यक्षको नाम सिफारिस गर्ने निर्णय गरेको थियो । झम्सिखेल बैठकमा सचिवालय तथा सरकारमा रहेका नेताहरू ईश्वर पोखरेल र रामबहादुर थापा भने सहभागी थिएनन् ।















प्रतिक्रिया