
काठमाडौं, १२ माघ । संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले २४३ रनको लक्ष्य पेस गरेको छ ।
दुबईस्थित आईसीसी क्रिकेट एकेडेमीमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २४२ रन बनाएपछि जितका लागि घरेलु टोलीले २४३ रनको लक्ष्य पाएको हो ।
शनिबारको खेलमा नेपालका रोहितकमार पौडेल र उपकप्तान ज्ञानेन्द्र मल्लले राम्रो प्रदर्शन गरे । रोहितले ५८ बलमा ५५ रन बनाए । यस्तै उपकप्तान ज्ञानेन्द्र मल्लले ४४ रन जोडे । नेपालका आरिफ शेखले २९ रन बनाए भने कप्तान पारस खड्का र विनोद भण्डारीले समान २१ रन बनाए ।
युएईका इमरान हेदर र अमीर हायतले २/२ विकेट लिए ।















प्रतिक्रिया