४ कार्तिक २०८३, बुधबार

युएईसँगको पहिलो एक दिवसीयमा नेपाल ३ विकेटले पराजित

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ माघ । युएईसँगको पहिलो एकदिवसीय क्रिकेटमा नेपाल ३ विकेटले पराजित भएको छ । शुक्रबार भएको खेलको नतिजा नेपालले घरेलु टोलीलाई सुम्पेको हो ।

दुबईस्थित आईसीसी क्रिकेट एकेडेमीको मैदानमा नेपालले दिएको ११४ रनको सामान्य लक्ष्य युएईले ३२ ओभर १ बलमा ७ विकेट गुमाएर पुरा गर्यो ।

युएईको जितमा गुलाम सब्बीरले ३० रन जोडे । यस्तै अमीर हायतले अविजित २४ तथा इमरान हेदरले अविजित १८ रन जोडे । नेपालका लागि कप्तान पारस खड्का, सन्दीप लामिछाने र करण केसीले २र२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३३ ओभर ५ बलमा अलआउट हुँदै ११३ रनमा समेटिएको थियो ।

शुक्रबारको जितसँगै युएईले ३ खेलको सिरिजमा १ ( ० ले अग्रता बनाएको छ । दोस्रो एकदिवसीय खेल शनिबार हुँदैछ ।