४ कार्तिक २०८३, बुधबार

एकदिवसीय क्रिकेटमा नेपालको ऐतिहासिक कमजोर प्रदर्शन, ११३ रनमै ‘अलआउट’

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठामाडौं, ११ माघ । युएईसँगकाे पहिलो एकदिवसीय क्रिकेटमा नेपालले घरेलु टोली सामु ११४ रनको लक्ष्य पेस गरेको छ ।

दुबईस्थित आईसीसी क्रिकेट एकेडेमीको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३३ ओभर ५ बलमा सबै विकेट गुमाउनुपूर्व ११३ रन मात्र बनाउन सक्यो ।

एकदिवसीय अन्तर्राष्ट्रिय इतिहासमै यो नेपालको सबैभन्दा कम योगफल हो। यस भन्दा अघि नेपालले गत वर्ष अगस्टमा नेदरल्याण्डसंग खेलीएको सिरिज अन्तर्गत पहिलो एकदिवसीयमा नेदरल्याण्डले दिएको १९० रनको लक्ष्य पछ्याउनेक्रममा १३४ रनमा सबै विकेट गुमाएको थियो।

खराब ब्याटिङ प्रदर्शन गरेको नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन जोडे । यस्तै आरिफ शेखले २५ रन जोड्दा कप्तान पारस खड्काले २० रन बनाए । सन्दीप लामिछाने १५ रनमा आउट भए ।

नेपाललाई सस्तैमा समेट्न युएईका मोहमद नाभिद र अमीर हायतले ३/३ विकेट लिए । यस्तै इमरान हेदरले २ विकेट लिए ।

नेपालले युएईसंग तीन खेलको एकदिवसीय र तीन खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ ।