४ कार्तिक २०८३, बुधबार

कांग्रेसको बैठकमा ‘अधिनायकवाद’को चर्चा

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० माघ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

पार्टी मुख्यालय सानेपामा बस्ने कांग्रेसको बैठकमा सरकारविरुद्धको आन्दोलनको समीक्षा, संसद अबरोध, महासमिति बैठकका निर्णयहरूको कार्यान्वयन, नेपाल विद्यार्थी संघको म्याद थप लगायतका विषयमा छलफल हुनेछ ।

नेपाली कांग्रेसका केन्द्रीय सदीय दीपक गिरीका अनुसार बैठकमा समग्र विषयमा छलफल हुनेछ ।

सरकारले अधिनायकवाद ल्याउन प्रयास गरेको जनाएको कांग्रेसले संसद र सडकमा आफ्नो भूमिकालाई जबरजस्त बनाउँदै लगेको छ ।

नेविसंघले आफ्नो महाधिवेशन गर्न नसेकेको विषयमा पनि छलफल हुनेछ । नेविसंघका अध्यक्ष नैनसिंह महरले तोकिएको समयमा जिम्मेवारी बहन गर्न नसकेको आरोप छ ।

नेपाली तरुण दलले सातै प्रदेशमा शुरु गरेको आन्दोलनको समीक्षा हुनेछ । कांग्रेसले आफ्ना भातृसंस्थाहरूलाई सरकारविरुद्ध केन्द्रित गराउँदै आएको छ ।

यसबीच, नेविसंघका अध्यक्ष महतको नेतृत्वले काम गर्न नसकेको भन्दै विघठनको माग राखेर नेविसंघका नेता तथा कार्यकर्ताहरूले सानेपा घेरा उगर्दै छन् ।