४ कार्तिक २०८३, बुधबार

जापानकी नाओमी अष्ट्रेलियन ओपनको सेमिफाइनलमा इन्ट्री

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ९ माघ । जापानकी नाओमी ओसाका अस्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छन् । एलिना स्वीतोलिनालाई सोझो सेटमा हराउँदै नाओमीले अन्तिम चारमा स्थान पक्का गरेकी हुन् ।

युएस ओपन च्याम्पियन २१ वर्षकी नाओमीले युक्रेनकी २४ वर्षे स्वीतोलिनालाई ६–४ र ६–१ सेटमा हराएकी हुन् । मेलर्बनमा भएको खेलमा नाओमी उत्कृष्ट लयमा देखिइन् ।

चौथो बरियताकी नाओमीले फाइनल प्रवेशका लागि सेरेना विलियम्स वा कारोरिना प्लिस्कोभासँग प्रतिस्पर्धा गर्ने छिन् । नाओमीले गएको सेप्टेम्बरमा युएस ओपनको फाइनलमा अमेरिकी सेरेना विलियम्सलाई हराएर उपाधि जितेकी थिइन् ।