
काठमाडौँ, ७ माघ । कामना सेवा विकास बैंक लिमिटेड र नेपाल रेमिट इटरनेशनल प्रालिबीच विप्रेषण कारोबार सेवा प्रदान गर्ने गरि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता अनुसार अब बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका ६३ वटै शाखाहरुबाट सहज रुपमा नेपाल रेमिट इटरनेशनल प्रालिको विप्रेषण कारोबार सेवा प्रदान गर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यवसाय प्रवर्द्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभान्वित हुने बैंकले जनाएको छ ।
सम्झौतापत्रमा कामना सेवा विकास बैंककोतर्फबाट डिपोजिट तथा कान्जेक्सन बैकिङ्ग प्रमुख सुवास भट्टराई र नेपाल रेमिटको तर्फबाट कार्यकारी निर्देशक सुमित मित्तलले हस्ताक्षर गरे ।
काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ६३ वटा शाखा तथा १७ वटा एटिएममार्फत ग्राहकहरुलाई आफनो सेवा प्रदान गर्दै आएको छ ।
साथै बैंकले एबीबीएक, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, सी आस्वा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने योजना रहेको बैंकले जनाएको छ ।















प्रतिक्रिया