
काठमाडौं, ६ माघ । महिला टी २० स्म्यास क्रिकेट खेलेर राष्ट्रिय महिला क्रिकेट टोली स्वदेश फर्किएको छ ।
थाईल्याण्डमा भएको प्रतियोगितामा नेपाल उपविजेता बनेको थियो । फाइनलमा घरेलु टोली थाईल्याण्डसँग पराजित भएपछि नेपाल उपविजेतामा सिमित बनेको थियो ।
नेपाली टोली आइतबार स्वदेश फर्किएको हो ।
प्रतियोगिताका सबै खेल जितेर फाइनल पुगेको नेपाललाई फाइनलमा घरेलुटोलीले ७० रनको फराकिलो अन्तरले पाखा लगाउँदै उपाधि चुम्यो । नेपाल भने पहिलो अन्तराष्ट्रिय उपाधि हातपार्ने सपना अधुरै बनाउँदै स्वदेश फर्किएको हो ।















प्रतिक्रिया