४ कार्तिक २०८३, बुधबार

पचास लाखको कुरा राजेन्द्र महतोलाई सोध्नुस्, मलाई थाहा छैनः लालबाबु राउत

10.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ माघ । मधेस केन्द्रित दलहरू माघ ५ अर्थात आज बलिदानी दिवस मनाउँदै छन् । उनीहरूले आजकै दिन सिरहा जिल्लाको लहानबाट मधेस आन्दोलन गरेका थिए ।

लहानमा प्रहरीसँगको मुठभेडमा रमेश महतोको मृत्यु भएपछि मधेस आन्दोलनले उग्ररुप लिएको थियो । त्यही आन्दोलनका बलमा मधेसी जनताले राजनीतिक अधिकार पाएका थिए ।

मधेस केन्द्रित दलहरूले त्यही आन्दोलनको स्मरणमा बलिदानी दिवस मनाउने गर्दै आएका छन् ।

यसैबीच, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नाकाबन्दीका बेला आन्दोलनमा शहीद बनेकाहरूलाई पचास लाख रुपियाँ नदिने बताएका छन् ।

‘आन्दोलनमा कसले के भन्यो मलाई थाहा छैन । नाकाबन्दीका बेला शहीद हुनेलाई पचास लाख दिने भनेर कसले भनेको थियो मलाई थाहा छैन’, उनले भने, ‘पैसा दिने कुरा खराब हो । पैसा दिँदा शहीदको अपमान हुन्छ ।’

नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मुख्यमन्त्री राउतले प्रदेश २ को सरकारले कसैलाई पनि ५० लाख दिँदैन । नाकाबन्दीको आन्दोलनका बेला शहीद हुनेलाई पचास लाख दिने भनेर कुनै पनि संस्थागत निर्णय भएको छैन ।’

राजेन्द्र महतोले नाकाबन्दीमा सहयोग गर्ने र शहीद हुनेलाई पचास लाख दिने घोषणा गर्नुभएको थियो नि ? भन्ने प्रश्नको जवाफमा मुख्यमन्त्री राउतले भने, ‘राजेन्द्र महतोले के भन्नुभयो हामीलाई थाहा छैन । पैसा दिँदा शहीदको अपमान हुन्छ ।’