काठमाडौं, ३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने चोभारस्थित सुख्ख बन्दरगाहविरुद्ध प्रदर्शनमा उत्रिएका २३ स्थानीयलाई प्रहरीले पक्राउ गरेको छ ।
चोभार संरक्षण समितिको नेतृत्वमा प्रदर्शन भएको थियो । स्थानीय पर्नेमा इन्द्र महर्जन, ज्ञानेन्द्र महर्जन, अमकण कर्माचार्य, दीपक महर्जन, मिलन थापासहितलाई प्रहरीले पक्राउ गरेको छ ।
पञ्चलाल महर्जनले सरकारसँग भएका सहमतिविपरित प्रधानमन्त्री ओली बन्दरगाह निर्माणको शिलान्याश गर्न आउने भएपछि विरोध गरिएको बताए ।
स्थानीयको विरोधका कारण प्रधानमन्त्रीले शिलान्याश गर्ने भनिएको सुख्खा बन्दरगाह शिलान्यास कार्यक्रम केही प्रभावित भएको थियो ।















प्रतिक्रिया