४ कार्तिक २०८३, बुधबार

बिपिएल : पछिल्ला दुई खेलमा विकेटविहिन सन्दीप आज नखेल्ने

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ माघ । बंगलादेश प्रिमियर लिग (बीपीएल) क्रिकेट अन्तर्गत मंगलबारको खेलमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने खेल्न नपाउने भएका छन् ।

कोमीला भिक्टोरियन्सविरुद्ध हुने खेलका लागि सिक्सर्सले सन्दीपलाई बेन्चमा राखेको हो । सिलेटमा हुने खेलमा भिक्टोरियन्सले टस जितेर पहिले फिल्डिङ रोजेको छ ।

डेब्यु खेलमा उत्कृष्ट प्रदर्शन गरेका सन्दीपले पछिल्ला दुई खेलमा विकेट लिन सकेका थिएनन् । डेब्युमा सन्दीपले ४ ओभर बलिङ गर्दै १६ रन खर्चिएर २ विकेट लिन सफल भएका थिए । दोस्रो र तेस्रो खेलमा भने सन्दीप विकेट बिहिन बनेका थिए ।