४ कार्तिक २०८३, बुधबार

भारतसँगको दोस्रो एकदिवसीय क्रिकेटमा घरेलु टोली अष्ट्रेलिया पराजित

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ माघ । अष्ट्रेलियासँगको दोस्रो एकदिवसीय क्रिकेटमा भारत विजयी भएको छ । घरेलु टोली अष्ट्रेलियालाई भारतले ६ विकेटले पराजित गरेको हो । भारतको जितमा कप्तान विराट कोहली नायक बने ।

अष्ट्रेलियाले दिएको २९९ रनको लक्ष्य पच्छाएको भारतले ४९.२ ओभरमा ४ विकेट गुमाएर पुरा गर्‍यो । भारतीय टिमका कप्तान कोहलीले ११२ बलमा १०४ रन बनाए । यस्तै पूर्वकप्तान महेन्द्र सिंह धोनीले अविजित ५५ रन बनाए ।

यसअघि एडिलेटमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २९८ रन बनाएको थियो ।

अष्ट्रेलियाका शन मार्शले १३१ रनको योगदान दिएपनि जितका लागि पर्याप्त भएन । यस्तै ग्लेन म्याक्स्वेलले ४८ रन जोड्दा मार्कुस स्टोनिसले २९ रन बनाए । भारतका भुवनेश्वर कुमारले ४ तथा मोहमद सामीले ३ विकेट लिए ।

घरेलु टोली अष्ट्रेलियाविरुद्धको टेष्ट सिरिज भने भारतले जितिसकेको छ ।