
काठमाडौं, ३० पुस । प्रदेश नं. २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले वन, पर्यटन, वातावरण तथा उद्योग मन्त्रालयका सचिव बिद्यानाथ झालाई कुटपिट गरेको घटनाको विरोधमा सोमबार कर्मचारी संगठनहरुले आन्दोलन गरेका छन् ।
प्रदेश नं. २ का कर्मचारी युनियनहरुले घटनाको निष्पक्ष छानविन गरी कारबाहीका लागि मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापन पत्र बुझाएका छन् । आफ्ना माग सुनुवाईका लागि कर्मचारी युनियनहरुले २४ घण्टाको समय दिएका छन् ।
सोमबार उनीहरुले हातमा कालोपट्टी बाँधेर घटनाको विरोध गरेका हुन् । कर्मचारीहरुको आन्दोलनका कारण प्रदेशको कामकारबाही पनि ठप्प भएको छ । दोषीलाई कारबाही नभए आन्दोलन जारी राख्न र थप सशक्त भएर उत्रिने उनीहरुको चेतावनी छ ।
कर्मचारीहरुले घटनाको निष्पक्ष छानविन गरी सत्यतथ्य तत्कालै सार्वजनिक गर्न माग गरे । आइतबार मन्त्री यादवले आफूमाथि कार्यकक्षमै बोलाएर कुटपिट गरेको सचिव झाले बताएका थिए ।
प्रदेश सरकारले घटनाको छानविनका लागि भन्दै आइतबार नै समिति गठन गरिसकेको छ ।
हेर्नुस् ज्ञापनपत्र
















प्रतिक्रिया