४ कार्तिक २०८३, बुधबार

लिभरपुलले अंक तालिकामा दुरी बढायो

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २९ पुस । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले ७ तालिकामा ७ अंकको अग्रता बनाएको छ ।

शनिबार राति १३ औं स्थानको ब्राइटनविरुद्ध १–० को जित निकाल्दै तालिकमा दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको अंक दूरी ७ पुराएको हो । पहिलो हाफ गोलरहित बराबरी खेलेको लिभरपुलले एक मात्र निर्णायक गोल दोस्रो हाफमा गरेको थियो ।

मोहमद सलाहले ५० औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । पेनाल्टी एरियामा मिडफिल्डर पस्कल ग्रसले सलाहलाई फल गरेपछि लिभरपुलले पेनाल्टी पाएको हो । त्यसपछि थप गोल हुन नसक्दा लिभरपुल विजयी भयो । एजेन्सी