कावासोती, २८ पुस । मुुक्तिनाथ विकास वैंक शाखा कार्यलयले विना धितो कारोबार गरेकी नवलपुरकी एक सदस्यको ऋण मिनाहा गरिदिएको छ ।
हुप्सेकोट गाउपालिकाको गिरुबारीकी सदस्य इन्द्री परियारको ६१ वर्षमा निधन भएको भन्दै परियारले कर्जा वापत किस्ता बुझाएको ५ हजार ६ सय ९९ रुपैयाँ पनि हकवाला नातिनी कुसुम परियारलाई फिर्ता दिएको बैंकले जनाएको छ ।
बैंकले बाँकी सावाँ र ब्याज वापतको ५५ हजार ७ सय ४३ रुपैयाँ मिनाहा गरेको छ । काजक्रिया वापत ५ हजार रुपैयाँसमेत मृतकका परिवारलाई प्रदान गरिएको वैकका लघुवित्त डेस्क प्रमुख शोभाकान्त पौडेलले जानकारी दिए ।















प्रतिक्रिया