बुधबार, ४ असार २०७६
DainikNepal.com
बुधबार, ४ असार २०७६

राजेन्द्र महतो लोकप्रिय बनेपछि महन्थ ठाकुर दिक्क

दैनिक नेपाल २०७५ पुष २७ गते ९:०६

काठमाडौं, २७ पुस । राष्ट्रिय जनता पार्टी नेपालले सदस्यता वितरण र जनजागरण अभियानलाई तिब्र रुपमा अगाडि बढाएको छ ।

दोस्रो वरीयताका नेता राजेन्द्र महतो राजपा नेपालको संयोजक बनेपछि संगठन सुदृढीकरणले तिब्रता लिएको हो । महन्थ ठाकुर संयोजकबाट हटेपछि राजपा नेपालले सांगठनिक गतिविधिहरूमा हलचल ल्याएको छ ।

टीकापुर हत्याकाण्डका मुख्य आरोपी रेशमलाल चौधरीलाई सांसद पदको सपथ गराएपछि पार्टीभित्र महतोको लोकप्रियता बढेको छ । एक वर्षदेखि महन्थ ठाकुरले गर्न नकसेको कामलाई महतोले डेढमहिनाभित्र गरेर देखाइदिएका थिए ।

महतोले राजपा नेपालको अध्यक्षमण्डका छ अध्यक्षमध्ये आफूसहित चारजनालाई समर्थनमा राखेका छन् । ठाकुरलाई अनिलकुमार झाले मात्रै साथ दिएका छन् ।

राजपा नेपालको संयोजक पदको जिम्मेवारी माघ ५ गते महतोले छाड्नुपर्ने हुन्छ । यद्यपि, ठाकुरका कारण शुरुवाती दिनमा पूरा समय काम गर्न नपाएका महतोले दुई–चार हप्ता आफ्नो कार्यकाल बढाउने स्रोले जनाएको छ ।

महतोपछि राजपा नेपालको संयोजक बन्ने पालो महिन्द्र राय यादवको आउनेछ ।

यद्यपि, ठाकुरले खस्किएको राजपा नेपालको संयोजक पद फिर्ता गराउने अभियानमा सक्रिय छन् । ठाकुले शक्ति केन्द्रहरू धाएर संयोजक पद फिर्ता गराइदिन आग्रह गर्ने गरेको एक नेताले बताए ।

राजपाको संयोजक फुत्किएपछि फिर्ता गराउने अभियानमा ठाकुर भारत समेत पुगेका थिए । भारतीय नेताहरूसँग ठाकुरले संयोजक फिर्ता गराइदिन हारगुहार गरेको एक नेताले बताए ।

तर, भारतीय नेताहरूले भारतमा अहिले निर्वाचनको माहोल रहेकाले केही गर्न नसकिने जवाफ दिएपछि ठाकुर निरास बनेको चर्चा छ ।

प्रतिक्रिया
सम्बन्धित