बिहीबार, ७ चैत २०७५
DainikNepal.com
बिहीबार, ७ चैत २०७५

सिक्किमको वैचारिक क्रान्तिमा नयाँ पुस्ता

दैनिक नेपाल २०७५ पुष २६ गते १३:३२

-सञ्जय प्रधान
दार्जिलिङ, २६ पुस । ‘पुराना विचारहरू एकाएक मर्दैनन्, जसरी नयाँ विचार एकाएक मौलाउँदैनन् । पुराना प्रतिक्रियावादी विचारहरूका सट्टा नयाँ क्रान्तिकारी विचारको स्थापनाको निम्ति हामीले क्रान्तिलाई निरन्तरता दिनुपर्छ’ सिक्किमका मुख्यमन्त्री पवन चामलिङको यो उद्गारलाई चिन्तन मनन् गरेर हेर्ने हो भने अहिले सिक्किममा वैचारिक क्रान्ति शुरू भइसकेको छ ।

वैचारिक क्रान्ति सिक्किममा मात्र होइन सिक्किमदेखि बाहिर दार्जिलिङ जस्ता थुप्रै ठाउँहरूमा आवश्यक छ । सिक्किममा विकास भएकै छैन भन्नु आँखामा कालो पट्टी बाँधेर कराउनु जस्तै हो । विकासभित्र के–के भयो भएन त्यो विपक्षी पार्टीहरूको आरोप बेग्लै कुरा हो । जेसुकै भने पनि सिक्किममा विकास भन्ने भएकै छ अनि भइनै रहेको छ । भौतिक विकाससँगै मानसिक विकास र विचारमा सृजनात्मक सकारात्मक परिवर्तन पनि आवश्यक हो ।

वैचारिक क्रान्ति सिक्किमको राजनैतिक क्षेत्रमा कतिको विकसित भएको छ छैन त्यो राजनैतिक पार्टीहरूको नीति, सिद्धान्त र दर्शनले दर्शाउँदछ । तर, सिक्किमेली युवाहरूमा भने वैचारिक क्रान्ति जागृत भइसकेको महसुस गर्न सकिन्छ । युवाहरूमा नयाँ विचार सृजना हुन थालेका छन् । पुरानाहरूका अनुभवलाई बटुलेर आफूले सिकेका विषयहरूलाई समावेश गरेर युवाहरू नयाँ युगको मार्गमा नयाँ उत्साह र जोश लिएर हिड्न थालेका छन् ।

प्रत्येक सिक्किमेली युवाहरू हरेक क्षेत्रमा नेतृत्व दिनसक्ने हुनुपर्छ भन्ने मुख्यमन्त्री पवन चामलिङको आह्वान सबैका निम्ति प्रेरणादायक छ । राजनीतिलाई एउटा घृणित खेलको रूपमा हेर्ने युवावर्ग हिजोआज समाज र राजनीतिको सम्बन्धलाई हाड र मासुको रूपमा हेर्न थालेका छन् । राजनीति बाहेक समाज, व्यापार, उद्योग, कृषि, विज्ञान, खेलकूद, सङ्गीत, कला, साहित्य, सरकारी साथै गैर सरकारी संस्थाका क्षेत्रहरूमा पनि नेतृत्व हुनसक्छ भन्ने विचार युवाहरूमा जागृत भइसकेका छन् । धेरै जस्ता युवाहरू उच्च शिक्षा हासिल गरेपछि आफ्नो ठाउँमा अवसरको अनिकाल देखेर बाहिरतिर जाने गर्छन् ।

समाजका प्रगतिशील युवाहरू आफ्नो ठाउँबाट पलायन हुने क्रम अब सिक्किममा विपरीत देखिन थालेको छ। आफ्नै ठाउँमा अवसर सृजना गरौँ, आफ्नै ठाउँ निर्माण गरौँ भन्ने विचार सृजना भइसकेको छ ।

किङ मेकर हुनुपर्छ : ममतामित
पश्चि म सिक्किमको देन्ताम निवासी २८ वर्षीया ममतामित लेप्चाले पञ्जाब टेक्निकल युनिर्भसिटीबाट एमबीए गरेकी हुन् । हुन त उनले यसभन्दा अघि बी.कम सकेपछि एक वर्ष सिक्किममै देन्तामको मुकरूङ जुनियर सेकेण्डरी स्कूलमा शिक्षिकाको काम गरिन् ।

एमबीए सकेपछि २०१५ मा मोहाली पञ्जाबमा न्याक ग्लोबल प्राइभेट लिमिटेड विमा कम्पनीमा मेडिकल बिलरको पदमा काम गरिन् । २०१६ मा मोहालीबाट नोकरी छोडेर घर फर्किन् । उनले बाहिर बसेर काम गरेकी भए धेरै रूपियाँको तनखामा राम्रो नोकरी पाउने थिइन् । तर, उनलाई भने आफ्नै ठाउँ सिक्किमको निम्ति केही गर्नुपर्छ भन्ने कुराले झकझक्याइरहन्थ्यो । एमबीए गरेकी ममताले सिक्किममा आएर राजनीति रोजिन् । उनी सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) विद्यार्थी मोर्चाकी पश्चिम जिल्ला प्रभारी हुन् ।

राजनीतिमा उनी मुख्यमन्त्री पवन चामलिङको सिद्धान्त र दर्शनबाट प्रेरित भएको बताउँदै भन्छिन्, ‘आफ्नो जग्गाको तपाईं आफै राजा पनि हो बाबु पनि हो’ मुख्यमन्त्री पवन चामलिङका यी उद्गारबाट प्रेरित भएकी हुँ। यो सानो उद्गारभित्र गहिरा कुराहरू छन् ।’

तपाईं एमबीए गरेर किन राजनीतिमा लाग्नु भएकी ? उनी भन्छिन्, ‘सिक्किमलाई माथिल्लो स्तरमा पुर्याउने एउटा माध्यम हो राजनीति । राजनीति सामाजिक कार्य पनि हो । अधिकांश मान्छेले राजनीति मन पराउँदैनन् । समाज र राजनीतिको सम्बन्ध गहिरो छ । दुवै एक अर्काबाट अलग हुन सक्दैन ।’

एमबीए गरेकाले त धेरै पैसा कमाउन सक्ने नोकरी पाउँछन् नी होइन र ? उनी भन्छिन्, ‘मलाई बाहिर नोकरी गर्दा के लाग्यो भने मैले अरू कसैलाई फाइदा पुर्यारउँदैछु । आफ्नो राज्यदेखि बाहिर गएर अरू कसैलाई फाइदा पुर्याईउनु मलाई एकदमै राम्रो लागेन । यसैले म घर फर्किएर आएँ । म मानसिक रूपले तयार थिएँ आफ्नै गाउँमा आएर केही गर्नका निम्ति । सिक्किममै आएर काम गर्छु भन्ने उद्देश्यले आएको होइन । मैले सिक्किमलाई जान्नु खोजें १० कक्षापछि बाहिर बसेको हुनाले म सिक्किमदेखि टाडो भएकी थिएँ ।’

सिक्किममा अवसर कत्तिको छ नी ? थप्छिन्, ‘सिक्किममा सिक्किमकै मान्छेले अवसर देखेका छैनन् बाहिरकाहरूले देखेका छन् र अवसर देखेरनै सिक्किम आएका हुन् । स्वर्ग कहाँ छ भन्नु हो भने यहिँ छ । अनुमानित रूपमा अवसर देखेर करीब ३० हजार मानिसहरू बाहिरबाट सिक्किममा आउँछन् । कोही व्यापार गर्न, कोही निजी क्षेत्रमा रोजगारको निम्ति आउँछन् । सिक्किममा संशाधन र अवसरहरूसँगै शान्ति र सुरक्षा छ । बाहिरबाट आएर यहाँ जीविका उपार्जन गरिरहेका छन् ।’

उनी थप्छिन्,‘हामीले एमएलए, एमपीको सपना मात्र देख्छौं। हामीले गर्ने प्रत्येक कार्य नै हाम्रो पिढीको निम्ति योगदान हुनुपर्छ । अति बढी महत्वकाँक्षी हुनुहुँदैन । पोलिसी मेकर, किङ् मेकर हुनुपर्छ । यो पुस्तामा पवन चामलिङ जन्मिएको छ र भविष्यका निम्ति पनि पवन चामलिङ जन्मिनु पर्छ ।’

यसै पनि शिक्षा हासिल गरेर मान्छेहरू बाहिर देशमा काम गर्न जाने गरेको बताउने उनी थप्छिन्,‘मैले के बुझें भनें ब्रेन ड्रेनको कन्सेप्ट (प्रतिभा पलायन) तपाईलाई थाहा छ । भारत किन पछौटे भएको भन्दाखेरि जति पनि जान्ने बुझ्नेहरू छन् आफ्नो देशदेखि बाहिर गएर काम गर्छन् । म एउटा सिक्किमको मान्छे भएर यहाँकै संशाधनलाई प्रयोग गर्नुपर्छ । अर्काको जग्गामा गएर काम गर्नु भन्दा यहाँकै संशाधनसित आत्मियता हुनुपर्छ भन्ने सोचेर आएँ । अहिले एसडीएङ्ग विद्यार्थी मोर्चामा काम गर्दै गर्दा मैले के बुझें भन्दाखेरि राजनीतिको अर्को नाम सामाज सेवा हो । समाज सेवा त्यति बेला गर्न सकिन्छ जब कुनै व्यक्तिसित आत्मियताको सम्पर्क हुनुसक्छ । उसलाई माथिबाट हेरेर होइन बराबरीमा आएर उसको भावनाहरू बुझ्न पर्छ ।’

चुनौर्ती चिर्दै युगेन
जोरथाङ दक्षिण सिक्किम निवासी ३० वर्षीय युगेन तामाङ एन्थ्रोपोलोजीका शोधार्थी हुन् । शोधकार्यमा अब उनको अन्तिम वर्ष रहेको छ । उनी सिक्किमका सपुरिचित युवा उद्यमी साथै पत्रकार हुन् । उनी सिक्किममा राज्य पुरस्कारले सम्मानित भइसकेका छन् ।

युगेनले सिक्किमकै माटोलाई मलिलो उर्वर बनाएर थुप्रै अवसरहरू सृजना गर्नका निम्ति संकल्पित छन् । ‘जहाँ गए पनि आफ्नो जीवनमा साथै समाजमा बदलाव ल्याउनुपर्छ। सिक्किममा बसेर लिड गर्न पाउनु, रिस्क लिनु राम्रो हो’, भन्छन् उनी ।

कुनै पनि स्तरको शिक्षा हासिल गरिसकेपछि सरकारी नोकरीकै भरोसाामा बस्ने परम्परागत संस्कार अहिले पनि पूर्ण रूपले समाप्त भएको छैन । तर, युगेन भने यो पराम्परागत संस्कारलाई नाघेर अघि बढढीसकेका छन् । उनी चुनौतीको सामना गर्छन् र स्पष्टसित भन्छन्, ‘युवाहरू भएर आफ्नो ठाउँको संशाधन साथै चुनौती हेर्नुपर्छ । सिक्किममा युवाहरू ब्लाइन्ड गोल्डेड (आँखामा पट्टी बाँधेर बस्ने) भएका छन् । सरकारी नोकरी हुनुपर्छ भन्ने परम्परागत संस्कार छ ।’

उनी जति पढढ्दै गए त्यतिनै बढढी सरकारी नोकरीबाट टािढडँदै गए । थप्छन्,‘मेरो घरमा बाबु सरकारी नोकरी गर्थे र मैले पनि सरकारी नोकरी गरेको नै मन पराउँथे। मैले धेरै पढढे र मैले नोकरी गर्छ भनेर घरमा सबैले आशा गरेका थिए। मैले सरकारी नोकरी गरेको भए बिहान दश बजीदेखि बेलुकी पाँच बजीसम्म समय सीमामा म सीमित रहने थिएँ।’

सरकारी नोकरी हुनैपर्छ भन्ने परम्परागत संस्कार रहेको बताउँदै युगेन भन्छन्, ‘मैले विज्ञान विषयमा बोटनी लिएर पढढेँ। विज्ञान लिएर पढ्यो भने मात्र नोकरी पाइन्छ भन्ने धारणा थियो। यो परम्परागत संस्कार छ। आफ्नो क्षमतालाई युवाहरूले चिन्नुपर्छ। यो कुरा युवाहरूलेसाथै अभिभावकले पनि बुझ्न सयनुपर्छ। युवाहरूले जोखिम उठाउन चाहँदैनन् ब्लाइन्डङ्गोल्डेड भएका छन्।’

अवसरको निम्ति जोखिम उठाउनु सयनुपर्छ भन्ने विचार प्रकट गर्दै ‘सरकारमाथि निर्भर छ तर, सरकार त सुविधा उपलब्ध गराउने र मार्ग खोलिदिने मात्र हो । युवाहरूसित क्षमता छ तर, प्रस्ङ्गुटित हुन सकेकोे छैन। सिक्किममा अहिले उद्यमीको लहर चलिरहेको छ । युवाहरूले यसमा प्रवेश गनुर्र्पर्योन। जोखिम उठाउनु सयनुपर्छ’ भन्छन् ।

उनले पीएचडीको अन्तिम चरणमा हुँदाहुँदै पनि जोखिम उठाएर डिजिटल मिडिया सिक्किम क्रोनिकल गएको डेढ वर्षदेखि शुरू गरेका छन्। सिक्किम क्रोनिकलमा मुख्य रूपमा युगेन साथै सिक्किमका दुईजना सुपरिचित पत्रकार निर्मल मगर र सुश्री कविता शर्मा छन्। भन्छन्, ‘डेढढ वर्षमा सिक्किम क्रोनिकल ब्रान्ड बनिएर निस्कियो। सिक्किम क्रोनिकल नेशनल ङ्गन्डिङ पाउने सिक्किमको पहिलो मिडिया हाउस हो । यसको आधिकारिक घोषणा जनवरी २०१९ मा मा गर्नेछौं।’

उनी सिक्किममा बसेर सिक्किमेली युवाहरूकै निम्ति अवसरहरू सृजना गर्नमा व्यस्त छन् । उनले ग्ल्यामरको क्षेत्रमा सिक्किममा पहिलोपल्ट ‘मिस्टर सिक्किम म्यानहन्ट’ आयोजना गरे । सिक्किमका युवाहरूलाई एउटा नयाँ मञ्च दिन सकेकोमा उनी सन्तुष्ट हुन्छन् ।

‘पहिला सिक्नुपर्छ त्यसपछि कमाउनु पर्छ । सरकारी नोकरीमा एउटा समय सीमा हुन्छ । तर, १६ वर्षको उमेरमा पनि उद्यमी बन्न सकिन्छ र यो पुस्ता पुस्तासम्मका निम्ति हुनसक्छ’, उनी भन्छन् ।

अबको राजनीतिमा युवाहरूको सहभागिता हुने दाबीसहित उनी थप्छन्,‘अब राजनीतिमा पनि युवाहरूको सहभागिता ठूलै हुनेछ। मेरो विचारमा अब विचारको प्रक्रिया शुरू हुनुपर्छ। उनभवसित नयाँ विचार पनि सृजना हुनुपर्छ। युवाहरूको सहभागिताले नयाँ कार्यशैली निर्माण हुनसयछ यो युवाहरूले बुझ्नु पर्छ ।’

सिक्किममा धेरै अवसरहरू छन्
पश्चिम सिक्किमको साङ्खु निवासी २५ बर्षिया निकिता थापा सरकारी नोकरी गर्छिन् । अङ्ग्रेजीमा एमए गरेकी उनी गेजिङमा अर्बान डेभलपमेन्ट एण्ड हाउजिङ डिपार्टमेन्ट (युडीएचडी) अधिनस्थ नेशनल अर्बान लाइभलीहुड मिशन (एनयुएलएम(नुलम)को कम्युनिटी अर्गनाइजर हुन् ।

सरकारी योजनाहरू शहरी क्षेत्रका विपन्न वर्गमा पुर्याएर प्रशिक्षण शिविरहरू आयोजना गर्ने जिम्मेवारी कम्युनिटी अर्गनाइजरको हुँन्छ । सिक्किमदेखि बाहिर काम गर्न जाने कुनै आवश्यकता छैन भन्ने पक्षमा उनी दह्रो रूपमा खडा हुन्छिन् ।

पर्यटन, ब्युटिशियन, डीटीपी (डेस्क टप पब्लिकेशन्), ड्राइभिङ जस्ता जीविका उपार्जन हुने सरकारी योजनाअनुसार विभिन्न ट्रेनिङहरू नुलमबाट उनी आयोजना गराउँछिन् । भन्छिन्, ‘सिक्किममा युवाहरूका निम्ति अवसरहरू धेरै खोलिएका छन्। युवाहरूलाई सुविधाहरू पनि धेरै छन् । पर्यटनको क्षेत्रमा युवाहरूका निम्ति धेरै अवसरहरू र सुविधा उपलब्ध छन् । यस बाहेक जैविक खेतीको क्षेत्रमा पनि अवसरहरू छन् । जान्यो भने सिक्किममा धेरै अवसरहरू छन्। बाहिर जाने आवश्यकता छैन ।’

युडीएचडी अधिनस्थ नुलमले मुख्य रूपमा शहरी क्षेत्रमा विभिन्न किसिमका जीविका उपार्जनका प्रशिक्षणहरूका साथमा विभिन्न सुविधाहरू विपन्न वर्ग र सेल्ङ्ग हेल्प ग्रुप (एसएचजी)(लाई उपलब्ध गराउँछ । उनका अनुसार सिक्किममा एसएचजीहरू धेरै राम्रो विकास भएको छ । नुलमद्वारा कसैले आफ्नो पसललाई बढढाउन इच्छा गरे दुई लाख रूपियाँको ऋृण दिइन्छ । यस्तो ऋृण एसएचजीलाई पनि दिइन्छ ।

‘शिक्षाको क्षेत्रमा सिक्किममा धेरै सुविधाहरू उपलब्ध छन्। जीविका उपार्जन गर्नसयने कोर्सहरू पनि धेरै छ। उफ शिक्षाको निम्ति टाढडो जानु पर्दैन मेडिकल पढढ्ने हो भने पनि सिक्किमै छ। अहिले सिक्किमभित्र सबै कुराहरू छन्’, निकिता भन्छिन्, ‘विद्यार्थीहरूको शैक्षिक विकासको निम्ति मुख्यमन्त्रीले ल्यापटप प्रदान गरेपछि हामी सबैलाई सुविधा भयो । ल्यापटप पाउँदा म विद्यार्थी थिएँ । यसले हामी आधुनिक शिक्षासित जोड्न सक्यौं । हामी विद्यार्थी हुँदा प्राप्त गरेको ल्यापटपले हाम्रो शिक्षामा धेरै ठूलो सुविधा पुरायो ।’

निकिता कम्युनिटी अर्गनाइजरको पदमा रहेर काम गरिहेकोमा खुशी छिन् । आम मानिसहरू समक्ष गएर उनी सरकारी योजनाहरू बारेमा जानकारी दिन्छिन्, योजनाहरू बारेमा जनतालाई जगारूक बनाउँछिन् । उनी भन्छिन्, ‘मलाई यो काम गर्नु राम्रो लाग्छ। कारण यही कामले म समाजसित जोडीएकी छु ।’

मुख्यमन्त्री पवन चामलिङको विचारधारासित आङ्गू प्रभावित रहेको बताउँदै उनी भन्छिन्, ‘मुख्यमन्त्रीको नीति, सिद्धान्तबाट हामी प्रभावित छौं । हामी युवाहरूका निम्ति उनी प्रेरणा र उर्जाका स्रोत हुन्। सिक्किममा शान्ति छ, सुरक्षा छ। व्यवस्था राम्रो छ । सिक्किमको मान सम्मान हामी बाहिर जाँदा थाहा पाउँछौं। सिक्किमदेखि बाहिर अर्को राज्यमा जाँदा कहाँबाट आउनु भएको भनेर कसैले सोध्यो भने जवाफमा हामी सिक्किमबाट भन्छौं अनि खुशी हुँदै हामीलाई भन्छन् वाह ! सिक्किम कस्तो राम्रो छ, शान्ति छ है त्यहाँ! यस्तो सुन्दा हामीलाई गर्व लाग्छ।’

निकिता कम्युनिटी अर्गनाइजरको माध्यमबाट जीविका उपार्जनका सरकारी योजनाहरूद्वारा सामाजिक विकासको कार्यमा सक्रिय छिन् । काम गर्दै जाँदा विचारले निक्कै खारिएकी छन् र एसएचजीहरू विकास गर्ने दिशामा अवधारणाहरू तयार गर्छिन् ।

संघर्षमा रमाउने विजय
गान्तोक निवासी घज्ञ वर्षीय विजय सुब्बाले प्रारम्भिक शिक्षा गान्तोककै टासी नामग्याल सिनियर सेकेन्डरी स्कूलबाट हासिल गरेका हुन् । लन्डनबाट एमबीए गरेका विजयले आफ्नो कर्म थलो आफ्नै माटो सिक्किमै बनाएका छन् ।

सिक्किम बाहिर गजबकै नोकरी पाउन सक्ने गतिलै ओहोदामा पुग्न सक्ने क्षमता विजयसित छ । सिक्किमलाई कर्म थलो बनाएर सिक्किमेलीहरूकै निम्ति काम गर्ने उनको विचार रहेको छ ।

उनी सिक्किममा ग्ल्यामर वल्र्डमा सक्रिय रहेर काम गरिरहेका छन्। ‘मिस सिक्किम’ सौन्दर्य प्रतियोगिताका आयोजक ‘पोजिट्युड’का उनी म्यानेजिङ डाइरेयटर हुन् ।

आफ्नै संघर्ष गर्ने र रमाउने युवा हुन् विजय । लन्डनबाट एमबीए गरेर बाहिरतिर नोकरी गर्न जानु भएन तपाईं जस्ता युवाका निम्ति सिक्किममा कस्तो अवसर छ ? भन्छन्, ‘संघर्ष गरेर अवसर बनाउन पर्छ । बाहिर गए भने मेरो आफ्नो लागि मात्र हुन्छ तर, यहाँ आफ्नो ठाउँमा आफ्नैहरूका निम्ति काम गर्न सकिन्छ ।’

आफु जस्ता युवाहरूका निम्ति उनी थुप्रै कार्यहरू गर्न उत्साहित रहन्छन् । ‘पोजिट्युड’ले सिक्किममा आयोजना गर्ने ‘मिस् सिक्किम’ प्रतियोगिताले सिक्किममा पेशादारी ग्ल्यामर वल्र्डमा नयाँ अवसर खोलिदिएको छ । यस प्रातियोगितामा अर्को सक्रिय भूमिका निर्वाह गर्ने ‘पोजिट्युड’की सीईओ सुश्री ग्युर्मिला भोटिया हुन् ।

विजय भन्छन्, ‘हामी मिस् सिक्किम प्रातियोगिता आयोजना गर्छौं। चारजना नर्थ इस्टको प्रतियोगितामा जान सङ्गल भएका छन्। ‘मिस सिक्किम’बाट चयन भएर गएपछि ‘मिस इन्डिया’को निम्ति अडिशन बस्नु पर्दैन । ‘मिस सिक्किम’कै प्रतियोगी सुश्री पेडेन ओङ्मू पोल्यान्डमा ‘सुप्रनेशनल’ प्रतियोगितामा भाग लिन २०१८ मा गइन् । यो राम्रो उपलब्धि हो। आज हामी अवसर सृजना गर्दैछौं ।’

‘पोजिट्युड’ले १३ वर्षदेखि १९वर्षसम्मका निम्ति ‘मिस टिन’ र ‘मिस्टर टिन’ प्रोतियोगिता पनि आयोजना गर्ने गरेको छ । यस्ता उमेरकाहरूलाई बेलैमा एउटा सही परिधीभित्र ल्याउने उद्देश्य ‘पोजिट्युड’ले लिएको छ । सौन्दर्य प्रतियोगितासँगै ‘पोजिट्युड’ सामाजिक कार्यहरूमा पनि संलग्न रहेको छ । यस बारेमा बताउँदै उनी भन्छन्, ‘जोङ्गूको पैह्रो पीडितहरूका निम्ति रिलिङ्ग फन्ड पुराउने कार्य साथै १० जना प्रिमिटिभ ट्राइभ लेप्चा युवाहरूलाई तीन महिनाको फोटोग्राफी कोर्स गराइसकेका छौं।’

सिक्किममा ‘मिस् सिक्किम’जस्तो ठूलो प्रतियोगिता आयोजना गरिन्छ यसमा सिक्किमको पर्यटन विभागले सहयोग गरे पनि पर्याप्त नहुँदा बाहिरको प्रायोजना लिनुपर्ने उनको कुराबाट बुझिन्छ। विजय सुब्बा भन्छन्, ‘हामी उद्यमी हौं प्रायोजक बाहिरबाट लिनुपर्छ। ‘मिस् सिक्किम बाहेक हामी व्यक्तित्व विकास गराउँछौं यसमा अर्न्तवार्ताहरू सामना गर्नसयने प्रशिक्षण दिन्छौं ।’

सिक्किममा शिक्षाको क्षेत्रमा छात्रवृत्ति पाइरहेको जानकारी दिँदै थप्छन्,‘अवसर सृजना गर्नुपर्छ। विभाग र सरकारलाई पर्खिनु हुँदैन। सिक्किममा युवा उद्यमीहरू बढढ्दैछन्। गाउँमा बसेर हस्तशिल्पको काम गर्ने पनि उद्यमी हो। मुख्यमन्त्रीले कोशिश गर्दैछन् तर, बिचमा कहाँ ब्लक हुँदैछ ।’

सिक्किमेली युवाहरूमा यसरी विचारमा नयाँ परिवर्त्तन आइरहेको छ यो शुभ संकेत हो । समाजको एउटा क्रिम वर्ग आफ्नो ठाउँबाट पलायन हुने कारणले गर्दा समाज दुर्बल अस्वस्थ बन्दै जान्छ । तर, सिक्किममा ती क्रिम वर्गका युवाहरू आज सिक्किममै बसेर सिक्किमेली जनताका निम्ति अवसरहरू सृजना गर्ने दिशा ओर्लिएका छन् ।

युवाहरूमा यस्तो सकारात्मक सृजनात्मक विचार आउनुको कारण हो त्यहाँ व्यवस्था सुदृढड हुनु । यदि व्यवस्था सुदृढड नहुँदो हो र लथालिङ्गै हुँदो हो त पलायन अवश्यै हुने थियो । तर, सिक्किमको व्यवस्था सृजनात्मक भएको कारणले गर्दैखेरिनै युवा उद्यमीहरूको हौसला र उत्साह बढ्दै गइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित