बिहीबार, ७ चैत २०७५
DainikNepal.com
बिहीबार, ७ चैत २०७५

बिपिएलमा सन्दीप : ‘डाइरेक्ट थ्रो’मा विकेट

दैनिक नेपाल २०७५ पुष २५ गते १६:२८

काठमाडौं, २५ पुस । बंगलादेश प्रिमियर लिग (बिपिएल) अन्तर्गतको दोस्रो खेलमा पनि नेपालका लेग स्पिनर सन्दीप लामिछानेले राम्रो प्रदर्शन गरेका छन् ।

४ ओभर बलिङ गरेका सन्दीपले २१ रन लिएर विकेट विहिन भए पनि कसिलो बलिङ भने जारी राखे । उनले बुधबार उत्कृष्ट फिल्डिङ गरेका थिए । जसका कारण कमेन्टरहरुको प्रशंसा पनि उनले पाए ।

लामिछानेको टिम सिलहेट सिक्सर्स आफ्नो दोस्रो खेलमा विजयी भएको छ । सिक्सर्सले चिट्टागोङ्ग भिकिङ्गस्लाई ५ रनले पराजित गरेको हो ।

सिलहेटले दिएको १६९ रनको लक्ष्य पछ्याउने क्रममा चिट्टागोङ्गले १६३ रन मात्र बनाउन सक्यो ।

सन्दीपको ओभर

उनले पहिलो ओभर इनिंगको सातौँ ओभरमा फालेका थिए । त्यसमा उनले ४ रन मात्र खर्चिए । यस्तो ब्यक्तिगत दोस्रो ओभर लिएर उनी ४ ओभरपछि आएका थिए । जसमा कसिलो बलिङ गर्दै उनले ३ रन मात्र खर्चिए । ब्यक्तिगत तेस्रो ओभरमा ५ रन दिएका उनले अन्तिम ओभरमा भने ९ र खर्चिएका थिए । उनको ब्यक्तिगत अन्तिम ओभरमा उनले एउटा चौका पनि खाएका थिए ।

सन्दीपको ‘डाइरेक्ट थ्रो’ विकेट

सन्दीपले २२ बलमा ४ चौका र ३ छक्का प्रहार गरिसकेका दक्षिण अफ्रिकी राष्ट्रिय क्रिकेटर क्यामरन डेल्पोर्टलाई उत्कृष्ट फिल्डिङ गर्दै ‘डाइरेक्ट थ्रो’ मार्फत रन आउन गर्न सफल भए । इनिंगको आठौँ ओभरमा सन्दीपले डेल्पोर्टलाई रन आउट गराउँदै पेभिलोन फर्काएका हुन् । उनको त्यो फिल्डिङको कमेन्टेटरले प्रशंसा गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित