काठमाडौं, २५ पुस । बजेट अपुग भएर प्रहरीमा ज्याकेटको अभाव भएको होइन । प्रहरी नेतृत्वको कमजोर निर्णय क्षमताका कारण यस्तो समस्या देखिएको हो ।
प्रहरीले आर्थिक वर्ष ०७२/७३ र ०७३/७४ मा ज्याकेटलगायतका पोसाक खरिद नै गरेन । खरिद प्रक्रिया विवादमा परे उजुरी पर्न सक्ने भएकाले तत्कालीन नेतृत्वले त्यसबापतको रकम फ्रिज गराई फिर्ता पठाएका थिए ।
गत आर्थिक वर्ष ०७४/७५ मा केही ज्याकेट खरिद गरिए पनि पर्याप्त थिएनन् । विगतमा खरिद नहुँदा अहिले समस्या थपिएको प्रहरी अधिकारीहरू बताउँछन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
प्रहरीको सुडान शान्ति मिसनका लागि सामान खरिद प्रकरणमा तीन पूर्वआइजिपीसहितका प्रहरीविरुद्ध मुद्दा दायर भएकाले त्यसयता प्रहरीको खरिदमा नेतृत्व डराउने गरेको छ ।















प्रतिक्रिया