४ कार्तिक २०८३, बुधबार

मोरङमा अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २४ पुस ।  मोरङको बूढीगङ्गा गाँउपालिकामा अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने भएको छ ।

मोरङ जिल्ला कबड्डी सङ्घको आयोजनामा पुस २७ देखि २९ गतेसम्म प्रतियोगिता हुनेछ । सङ्घका जिल्ला अध्यक्ष भुवनेश्वर मण्डलका अनुसार उक्त प्रतियोगितामा भारत, बङ्लादेश, श्रीलङ्का र नेपालका दुई गरी पाँच टिमको सहभागिता रहने छ ।

नेपालबाट आर्मी र राष्ट्रिय टिम सहभागी हुनेछन् । प्रतियोगितामा विजयी टिमलाई नगद पुरस्कारसहित शिल्ड प्रदान गरिनेछ । –रासस