९ कार्तिक २०८३, सोमबार

गाउँपालिका अध्यक्षले जलविद्युत् आयोजना निर्माण बन्द गराए

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


रामेछाप, २३ पुस । स्थानीय प्रभावित जनताले राख्दै आएको माग सम्बोधन नगरेको भन्दै रामेछापको लिखु तामाकोसी गाउँपालिकाले निर्माणाधीन लिखु ३ जलविद्युत् आयोजनाको काम ठप्प पारेको छ। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

प्रवद्र्धक कम्पनीले ‘स्थानीय सरकार र स्थानीय जनतासँग सहकार्य गर्न नचाहेको र केही अराजक व्यक्तिलाई साथ लिई जनतामाथि नै दादागिरी गर्दै आएको’ गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्काले निर्माण कार्य हाललाई रोकेको बताए।

गाउँपालिकाका अध्यक्ष खड्काले भने, ‘श्वेतगंगा हाइड्रोपावर कम्पनीले स्थानीय सरकार र जनतालाई टेरेन। त्यसले आफ्नो कार्यस्थलबाट निस्केको धुलो न्यूनीकरण गर्न जनता र हामी जनप्रतिनिधिले धेरै पटक अनुरोध गर्‍यौं तर कम्पनीका मालिकहरुले हाम्रो कुरै नसुनी दादागिरी गरि नै रहे।’

उनका अनुसार कम्पनीले स्थानीय जनतालाई दिने भनेको रोयल्टीसमेत दिएन। त्यसपछि करिब २२ सयको संख्यामा आएको स्थानीय जनताले गाउँपालिकाको कार्यालय घेरा हाले। ‘म जनताको सेवक हुँ। जनताको आदेश पालना गर्दै मैले तत्कालका लागि काम रोकिदिएको हो, उनले भने।

स्थानीयको माग सम्बोधन गरिदिन्छु भन्दै पटक–पटक र्वार्तामा बोलाएर स्थानियलाई झुलाई राखेको भन्दै स्थानीय संघर्ष समितिका संयोजक केशर पौडेलले गुनासो गरे।

‘हामीले धेरै पटक वार्तामा बस्न फिल्ड मेनेजर बसन्त पौडेलसंग आग्रह गर्‍यौं, वडा कार्यालय, गाउँपालिका कार्यालय हुँदै जिल्ला प्रशासन कार्यालय र जिल्ला वन कार्यालयसम्मलाई जानकारी गरायौं, तर हाम्रो कुनै सुनुवाई भएन हामी अन्यायमा पर्‍यौं’, उनले भने।

गंगा हाइड्रोपावर कम्पनीका फिल्ड मेनेजर बसन्त पौडेलले स्थानीयको माग कम्पनीले पूरा गर्न नसक्ने खालका रहेको बताए।

उनले भने, ‘हाइड्रो कम्पनीको नीति नियममा रहेर पूरा गर्न सक्ने खालका माग पूरा गर्न तयार छौँ तर अहिले गाउँपालिका अध्यक्षद्धारा पत्र काटेको कारण कामकाज ठप्प पारेको हो।’

हाइड्रोपावरले वातावरणीय प्रदुषण नियन्त्रणका लागि उचित जिम्मेवारी पूरा गर्नु पर्ने, कम्तीमा १५ शैयाको अस्पताल निर्माण गर्नुपर्ने, बोर्डिङ स्कुलको व्यवस्था, आयोजनाको कारण सुख्खा भएको खानेपानीको उचित व्यवस्था, अति प्रभावितलार्ई रोजगारीको व्यवस्था गर्नु पर्ने स्थानियले माग गर्दै आएका छन्।