४ कार्तिक २०८३, बुधबार

संसदमा प्रतिपक्षीविरुद्ध प्रधानमन्त्री खरो– पानी जहाज चढ्न पाइन्छ

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं, २२ पुस । प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओली मुख्य प्रतिपक्षी नेपाली कांग्रेससँग खरो रूपमा प्रस्तुत भएका छन् । उनले धमिलो पानीमा माछा नमार्नका लागि सुझाव दिँदै भने,‘सरकारले नियमपूर्वक कर्मचारी अध्यादेश ल्याएको हो, कर्मचारीको वृत्तिविकासका लागि ल्याएको हो ।’

उनले स्वेच्छिक अवकाशमा जाँदा अनावश्यक ६० अर्ब व्यय भार पर्ने भएकाले अध्यादेश ल्याइएको जवाफ दिए । नेपाली कांग्रेस नेतृत्वको सरकारले ल्याएको कर्मचारी समायोजन ऐन कार्यान्वयन गरेको भए उमेर भएका राष्ट्रसेवकलाई पेन्सनर बनाएर दक्षता गुमाउनुपर्ने अवस्था आउने उनको टिप्पणी थियो ।

उनले रेल र पानीजहाजको विषयमा धैर्यता कायम राख्न आग्रह गरेका छन् । प्रधानमन्त्रीले रेल र पानीजहाजको काम अगाडि बढिसकेको बताए ।

त्यसक्रममा व्यंग्यात्मक शैलीमा जवाफ फर्काउँदै उनले भने,‘केही मानिसले कागजको पानीजहाज र खेलौना रेल बनाएर मजाक उडाए, तर रेलको टिकट खुल्छ, पानीजहाज पनि चड्न पाइन्छ ढुक्क हुनुस् ।’