४ कार्तिक २०८३, बुधबार

म्यानेचस्टर युनाइटेडलाई लगातार पाँचौँ जित

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २२ पुस । अन्तरिम प्रशिक्षक ओल गुनार सोल्सकेएरको प्रशिक्षणमा म्यानचेस्टर युनाइटेडले लगातार जितको यात्रा कायम राखेको छ । जोसे मोरिन्होलाई प्रशिक्षकबाट बर्खास्त गरेर युनाइटेडले क्लबका पूर्व स्ट्राइकर समेत रहेका ओललाई अन्तरिम प्रशिक्षकमा नियुक्त गरेको थियो ।

ओल आएपछिका खेलमा युनाइटेड लगातार विजयी हुँदै आएको छ । उनको प्रशिक्षणमा युनाइटेडले शनिबार राति लगातार पाँचौँ जित निकालेको छ । एफए कप फुटबल अन्तर्गत शनिबार राति भएको तेस्रो चरणको खेलमा युनाइटेडले रिडिङ्गलाई २–० ले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा युनाइटेडलाई जिताउन आन माटा र रामेलु लुकाकुले गोल गरे । २२ औँ मिनेटमा पाएको पेनाल्टीमा माटाले गोल गरेका हुन् ।

माटाले पेनाल्टीमा गोल गर्नुअघि फ्रेडले गोल गरेका थिए । तर भिडियो एसिस्टेन्ट रेफ्रीको सहयोगमा अफसाइड देखिएपछि गोलले मान्यता पाएन । त्यसपछि रिडिङ्गका खेलाडीले माटालाई फउल गरेका कारण युनाइटेडले पेनाल्टी पाएको हो ।

यस्तै पहिलो हाफको इन्जुरी समयको चौथो मिनेटमा लुकाकुले गोल गर्दै युनाइटेडलाई २–० को अग्रता दिलाए । दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन सकेन र युनाइटेड २–० ले विजयी भयो । जितपछि युनाइटेड चौथो चरणमा प्रवेश गरेको छ ।

शनिबार राति नै भएका खेलमा बोल्टनले वाल्साललाई ५–२, ब्रेन्ट्फोर्डले अक्फोर्ड युनाइटेड तथा चेल्सीले नोटिङ्घम फरेस्टलाई हराएर चौथो चरणमा स्थान बनाएका छन् । सेफिल्ड वेनस्डे र लुटनले गोलरहित तथा श्रीवसबरी र स्टोक सिटीले १–१ को बराबरी खेलेका छन् । एजेन्सी