९ कार्तिक २०८३, सोमबार

सरकारले एनजिओलाई नियम विपरित आठ करोड वितरण गर्दै

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ पुस । परिवार नियोजन स्थायी बन्ध्याकरण कार्यक्रमको झन्डै आठ करोड बजेट एनजिओलाई बाँड्न चलखेल भएको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाले नियमविपरीत गैरसरकारी संस्थालाई बन्ध्याकरणका नाममा रकम बाँड्ने तयारी गरेको विवरण फेला परेको छ। नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

घुम्ती सेवाको स्थायी बन्ध्याकरणसहित शिविर सञ्चालनसम्बन्धी विज्ञता भएका संस्थाबाट र दरभाउ रेटपत्र लिई एनजिओलाई बजेट निकासा गर्नेगरी परिवार कल्याण महाशाखाले फाइल अघि बढाएको प्राप्त विवरणबाट प्रस्ट हुन्छ।

स्वास्थ्य सेवा विभागका महानिर्देशकस्तरीय छलफलबाट यस सेवामा विज्ञता भएका संस्थाबाट आशयपत्र अघि बढाउने सुझाव आएको भन्दै मंसिर १४ गते विभागमातहतको परिवार कल्याण महाशाखा प्रमुख डा.आरपी बिच्छाले अघि बढाएको फाइलमा केही एनजिओको निवेदनसमेत समावेश गरिएको पाइएको हो ।