काठमाडौं, २२ पुस । माओवादी आक्रमणपछिको हरेक घटना सम्बन्धमा क्याप्टेन रामेश्वर थापाको वर्तमान प्रधानमन्त्री केपी ओलीसंग निरन्तर भेटघाट र कुराकानी हुन्थ्यो।
‘त्यसबेलादेखी नै उहाँलाई मैले दलको नेताको हैसियत भन्दा पनि राष्ट्रियताको सवालमा स्पष्ट दृष्टिकोण भएको आदर्श व्यक्तित्व मानी आएको छु। मैले आजसम्म पनि उहाँलाई सधै उच्च सम्मान गरी आएकोछु र मेरो जीवनको एक आदर्श पुरूषको रुपमा लिएको छु’, उनले भने। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।
तत्कालीन एमाले नेता ओलीले उनलाई राष्ट्रका लागि साथ दिन हौसाइरहन्थे। ‘दोहोरो झडपका घटना देखेर म बिक्षिप्त हुन्थें। मलाई उहाँले सदैव किंन्चित बिचलित नभई यस घडीमा राष्ट्रलाई योगदान गर्नुहोस् भनी उत्प्रेरित गर्नु हुन्थ्यो। उहाँले मेरो ज्यादै ख्याल राख्नुहुन्थ्यो’, थापाले भने, ‘शान्ति प्रकृयापश्चात उहाँले मलाई सशस्त्र भिडन्तकाबारे देखे भोगेका कुराहरूलाई लिपिबद्ध गर्न पटक–पटक भन्नुभएको थियो। हरेक भेटमा तपाइले लेखेर कहाँ पुर्याउनुभयो भनी सोध्ने गर्नुहुन्थ्यो। उहाँको त्यो घचघचाहटयुक्त उत्प्रेरणा एवम् शुभेच्छुकहरूको आग्रहका कारण मेरो भोगाइले आज पुस्तकको रुप पाएको छ।’
त्यसका लागि उनले प्रधानमन्त्री ओलीप्रति आभार व्यक्त गरेका छन्।















प्रतिक्रिया