काठमाडौं, २१ पुस । अनुमति नलिई कुनै खास प्रयोजनका लागि जथाभावी मोबाइल वा इमेलबाट सन्देश पठाउन नपाइने भएको छ ।
विज्ञापन नियमनसम्बन्धी सरकारले तयार गरेको कानुनको मस्यौदाको दफा १० अनुसार सम्बन्धित व्यक्तिको मञ्जुरीविना कसैको इमेल वा मोबाइलमा इमेल वा एसएमएसबाट विज्ञापन गर्न नपाइने, तर सरकारले कुनै जानकारीमूलक सूचना वा विपद्को खबरका लागि भने गर्न सक्ने व्यवस्था गरिएको छ ।
विपद्को समयमा सर्वसाधारणको हितका लागि सञ्चारमाध्यमले निःशुल्क वा सहुलियत दलमा विज्ञापन प्रसारण गर्नुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।















प्रतिक्रिया