१२ कार्तिक २०८३, बिहिबार

तेह्रौं वार्षिक उत्सवका अवशरमा मुक्तिनाथ विकास बैंकको सामाजिक कार्य

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २० पुस । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो तेह्रौं वार्षिक उत्सवका अवशरमा विभिन्न कार्यक्रम गरिरहेको छ ।

जसअन्तर्गत शुक्रबार ललितपुरको कुपण्डोल शाखाले ललितपुर बजार तथा टोलमा डस्टबीन वितरण गरेको छ ।

यस्तै मोरङ्गको उर्लाबारी शाखाले नमुना बालगृहलाई सरसफाईको सामाग्रीवितरण गरेको छ । नवलपरासीको दलदले शाखाले कालिका मा.वि.लाई खेलकुद सामाग्री वितरण गरेको छ भने केन्द्रिय कार्यालय काठमाण्डौंल ेकार्यालय परिसरमा वृहत रक्तदान कार्यक्रम गरेको बैंकले जनाएको छ

बैंकले साप्ताहिक वार्षिकउत्सव विशेष कार्यक्रम हप्ताभरी नै सञ्चालन गर्दै आइरहेको छ । कार्यक्रम पौष २२ गतेसम्म जारी रहने बैंकले जनाएको छ ।