
काठमाडौं, २० पुस । सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेडले कैलालीको मोहन्यालमा नयाँ शाखा स्थापना गरी बैंकिङ सेवाको शुरुवात गरेको छ । बैंकको ८१ औं शाखाको रुपमा सो शाखाको शुरुवात भएको हो ।
बैंकले दुर्गम क्षेत्रमा १६ वटा शाखाहरु सञ्चालनमा ल्याईसकेको छ ।
बैंकका हाल देशभर ८१ वटा शाखाहरु रहेका छन् । बैंकले ७५ वटा एटीएम तथा ९९ वटा शाखारहित बैंकिङ्ग एकाईहरुबाट पनि बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।















प्रतिक्रिया