५ कार्तिक २०८३, बिहिबार

‘भिलेन’मा निखिलको एक्सन, पुस २७ मा रिलिज

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कपिल खत्रीद्वारा निर्माण गरिएको फिल्म ‘भिलेन’को टिमले प्रचार प्रसारलाई तिब्र बनाएको छ । रिलिजको समय नजिकिँदै गर्दा ‘भिलेन’को टिमले दौडधुप तिब्र बनाएको हो ।

पुस २७ गते रिलिज हुन लागेको ‘भिलेन’को कथा तराई र पहाडको मायाप्रेमलाई देखाउन खोजिएको छ । एक्सन र कमेडीले भरिएको ‘भिलेन’लाई देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन ।

युवाहरूको टिमले निर्माण गरेको ‘भिलेन’बाट राम्रो कमाइ हुने अपेक्षा गरिएको छ ।

‘भिलेन’लाई दर्शकहरूले किन हेर्ने भनेर सोधिएको प्रश्नको जवाफमा निर्माता समेत रहेका नायक कपिल खत्रीले भने, ‘फिल्म हेर्ने भनेको मनोरन्जन र शिक्षाका लागि हो । ‘भिलेन’मा तराई र पहाडको प्रेमको द्वन्द्वत्मक कथालाई देखाइएको छ । ‘भिलेन’मा मनोरन्जन, कमेडी र एक्सन दुबै मिश्रण छ ।’

२७ गते रिलिज हुन लागेको ‘भिलेन’मा नायक निखिल उप्रेती र नायिका शिल्पा पोखरेलका साथै कपिल खत्री, निशा अधिकारी लगायतको भूमिका रहेको छ ।

‘भिलेन’मा शिल्पाले चौधरी परिवारकी छोरीको भूमिकामा निभाएकी छिन ।

द ग्लोबल पिक्चर प्रालिको ब्यानरमा ‘भिलेन’लाई निर्माण गरिएको छ । बलबहादुर श्रेष्ठ ‘शीतल’ले निर्माण गरेको ‘भिलेन’मा दीपक श्रेष्ठ, सुरज खड्का र मधु केसी कार्यकारी निर्माता हुन् ।

राजकुमार श्रेष्ठ सह–निर्माता रहेको फिल्ममा मौनता श्रेष्ठको लेखन, सौरभ लामा र मदन कस्यप घिमिरेको छायांकन, बसन्त सापकोटा, बाबु गिरी र लालकुमार बरालको संगीत तथा शुक्रराज साहको द्वन्द्व रहेको छ ।

‘भिलेन’लाई रौतहटका साथै काठमाडौंका विभिन्न स्थानमा छायाँकन गरिएको थियो ।