
काठमाडौं, १९ पुुस । डिल्लिबजार कारागारमा टिकापुर हत्याको अपराधमा कैदीका रूपमा रहेका राष्ट्रिय जनता पार्टीबाट निर्वाचित सांसद रेशम चौधरीले पदको शपथ लिएका छन् । सभामुख कृष्णबहादुर महराको कार्यकक्षमा उनले थारु भाषामा शपथ लिएका हुन् ।
कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट उनी प्रतिनिधि सभामा निर्वाचित भएका थिए ।
चौधरीलाई डिल्लिबजार कारागारमा लगिनेछ । शपथमा राजपाका शीर्ष नेता सहभागी भएका थिए । कैलाली–१ मा वारेसमार्फत उम्मेदवारी दिएका उनले ३४ हजार ३ सय ४१ मत ल्याएका थिए ।
७ भदौ २०७२ मा भएको मधेस आन्दोलनका क्रममा कैलालीको टिकापुरमा प्रहरीसहितको हत्यामा चौधरीको अगुवाई रहेको थियो ।















प्रतिक्रिया