५ कार्तिक २०८३, बिहिबार

गीतकार घमालको ‘शब्द रचना’ सार्वजनिक

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली गीत संगीतको बजार हराउँदै गए पनि नेपाली गीत संगीतहरू बन्ने क्रम भने घटेको छैन ।

नयाँ–नयाँ सर्जकहरू आफ्नो शृजना सार्वजनिक गर्न लागि नै परि रहेका छन् । गीतकार सिन्चुरी सुरेश घमालको एकल रचनामा गीति एल्बम ‘शब्द रचना’ सार्वजनिक गरिएको छ ।

नयाँ वर्षको शुभारम्भसंगै उक्त एल्बम सार्बजनिक गरिएको हो । केही वर्षअघि सार्वजनिक र दर्शक श्रोताको मनमा बस्न सफल गायक शिव परियारको आवाजमा रहेको ‘सबैले मलाई घृणा गरे पनि’ गीत सहित एल्बममा ११ वटा गीत समाबेश गरिएको छ ।

एल्बममा समाबेश गीतहरूमा संगीतकार दीपक शर्मा, निम संगीत, कुमार गुरुङ, पुरुसोत्तम न्यौपानेको संगीत रहेको छ ।

आधुनिक गीतहरू समाबेश एल्बमका गीतमा गायक शिव परियार, प्रमोद खरेल, स्वरुपराज आचार्य, कुमार गुरुङ, पूर्णिमा लामा, सुधा रत्न, रारा अधिकारी ढुंगेल, रेक्स गुरुङको स्वर समाबेश छ ।

संगीत किनेर सुन्ने अवस्था नभए पनि आफ्नो शृजनाहरूलार्इ लुकाई राख्न भएन त्यसैले एकल एल्बम सार्बजनिक गरेको गीतकार सुरेश बताउँछन् ।