
काठमाडौँ, १८ पुस । सर्वाेच्च अदालतका न्यायाधीश दीपकराज जोशीमाथि राजीनामाको दबाब परेको छ । सर्वाेच्च अदालतमा नयाँ नेतृत्व पुगेसँगै जोशीमाथि नैतिक दबाब परेको हो ।
प्रधानन्यायाधीशका लागि संसदीय सुनुवाइ विशेष समितिबाट अस्वीकृत जोशी लामो विदा बसेर ओमप्रकाश मिश्र प्रधानन्यायाधीश भएपछि अदालत फर्किएका थिए । तर, बुधबार सर्वाेच्चको कमाण्ड चोलेन्द्र शमसेर राणाले सम्हालेसँगै जोशी संकटमा परेका छन् । उनका लागि कुनै पनि इजलास तोकिएको छैन ।
संसदीय सुनवाई समितिबाट अस्वीकृत जोशीका बिषयमा सोधेका प्रश्नमा न्याय संगत अघि बढछु भन्ने जवाफ दिएका राणाले प्रधानन्यायाधीश भएपछि बुधबार पहिलो इजलास तोके, जसमा जोशीका लागि कुनै इजलास तोकिएको छैन ।
जोशीलाई बिस्तारै सर्वोच्चका कामकारवाहीबाट टाढा राख्ने रणनीतिमा प्रधानन्यायाधीश राणा देखिएका छन् । बुधबार बिहान शितल निवासमा भएको सपथग्रहण समारोहमा पनि जोशीलाई बोलाइएको थिएन । उनलाई सहभागी नगराउन प्रधानन्यायाधीश जोशीले नै निर्देशन दिएका थिए ।
सुनवाई समितिको मंगलबारको बैठकमा प्रधानन्यायाधीशमा अनुमोदित राणाले बुधबार राष्ट्रपति बिद्यादेबी भण्डारीबाट सपथ लिएर कार्यभार सम्हालिसकेका छन् । उनले बुधबार आफूलाई ५ वटा इजलास तोकेका छन् । जसमा ३ थान मुद्दा थुनुवाको, एउटा क्रसर उद्योगको र अर्को उत्प्रेषणको आदेश माग गरिएको छ ।
प्रधानन्यायाधीश राणाले संस्कृत विश्वविद्यालय अन्तर्गतको हजारी जनक विद्यापीठको जग्गा कीर्ते जालसाजी गरेर बेचेको आरोपमा पक्राउ परेका महन्थ बैकुण्ठ दासको मुद्दा पहिलो नम्बरमा राखेका छन् ।
आफू सर्वाेच्चको नेतृत्वमा पुगेसँगै राणाले जोशीलाई राजीनामा दिनका लागि सहयोगीमार्फत खबर गरिसकेको चर्चा छ ।















प्रतिक्रिया