
काठमाडौँ, १७ पुस । मुक्तिनाथ विकास बैंकद्धारा १३ औं वार्षिक उत्सवको अवसरमा नेपाल क्यान्सर सर्पोट ग्रुपलाई ५० हजार सहयोग प्रदान गरेको छ ।
बैकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आफ्नो तेह्रौं वार्षिक उत्सवको अवसरमा गैर नाफामूलक संस्था नेपाल क्यान्सर सर्पोट ग्रुपलाई सहयोग हस्तान्तरण गरेका हुन् । बैंकले उलब्ध गराएको चेक नेपाल क्यान्सर सर्पोट ग्रुपका प्रतिनिधि धनकाजी श्रेष्ठले ग्रहण गरे ।
नेपाल क्यान्सर सर्पोट ग्रुपले क्यान्सर पीडितलाई सकरात्मक सोचका साथ साधारण जीवन विताउनका लागि प्रोत्साहन गर्ने विभिन्न कार्यक्रमहरु सञ्चालन गर्र्दै आएको छ ।















प्रतिक्रिया