
काठमाडौँ । पछिल्लो समयकी व्यस्त मोडल करिश्मा ढकालले मनको कुरा बुझ्ने मायालु भेटाउन सकेकी छैनन् । उनी मनको मायालु कहाँ छ ? भन्दै खोज्न थालेकी छन् ।
करिश्माले आफ्नो वास्तविक जीवनमा नभई हालै साई भिजन प्रालिको ब्यानरमा सार्वजनिक लोकदोहोरी गीतको भिडियोमा मनको कुरा बुझ्ने मायालु खोजेकी हुन् ।
दिनेश केसीको लोकदोहोरी गीतको भिडियोमा करिश्मालाई सुमन केसी र दिनेश स्वयम्ले साथ दिएका छन् ।
सुमन केसी र प्रिति आलेको स्वर रहेको गीतमा किसन नेपालीको लय तथा टेक क्षेत्रीको शब्द रहेको छ । तारानाथ आचार्यले संगीत संयोजन गरेको गीतको थेगो सुमनले तयार पारेका हुन् ।
गीतको अडियो÷भिडियो साई भिजन प्रालिले तयार पारेर आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेको छ । चर्चित निर्देशक प्रकाश भट्टको निर्देशन रहेको भिडियोमा राजेश घिमिरेको छायांकन तथा विष्णु शर्माको सम्पादन रहेको छ ।















प्रतिक्रिया