१२ कार्तिक २०८३, बिहिबार

सानिमा बैंकको निःशुल्क आँखा शिविर

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ पुस । सानिमा बैंक लिमिटेडको पोखरास्थित न्युरोड र बगर शाखाले निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ ।

पोखरा–२०, भलामस्थित महेन्द्र माविको आँगनमा सानिमाले हिमालय आँखा अस्पतालको प्राविधक सहयोगमा उक्त शिविर सम्पन्न गरेको हो । शिविरको पोखरा महानगरपालिका वडा नं. २० का वडा अध्यक्ष सिमबहादुर गुरुङ्ग ले उद्घाटन गरे ।

शिविरमा ३०० स्थानीयवासीको आँखा परीक्षण गरिएको थियो । जसमध्य ७ जनामा मोतियाबिन्दुको समस्या देखिएको थियो ।

सानिमा बंैकको हाल ७४ वटा शाखा, १ एक्सटेन्सन काउन्टर तथा ६९ वटा एटीएम रहेको छ ।