४ कार्तिक २०८३, बुधबार

मधुसुदन उपाध्यायको अध्यक्षतामा सोट्टो–नेपालको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १५ पुस । आन्तरिक पर्यटकीय गन्तव्यको प्रववर्द्धन र प्रचारप्रचारमा ख्याती कमाएको सोसाइटी अफ ट्राभल्स एण्ड टुर्स अपरेटर्स नेपाल (सोट्टो–नेपाल)को नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । शनिबार सम्पन्न सोट्टोको एघारौं वार्षिक साधारण सभाले मधुसुदन उपाध्यायको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

कार्यसमितिको प्रथम उपाध्यक्षमा नारायण पराजुली, द्वित्तीय उपाध्यक्षमा मानबहादुर शाही, महासचिवमा भुवनबहादुर पाण्डे, सचिवमा दिनेश अर्याल, कोषाध्यक्षमा देवराज खनाल र सह–कोषाध्यक्षमा भुवनदेवी महर्जन चयन भएका छन् । यस्तै सदस्यहरुमा इन्दिरादेवी गौतम, सविन खड्का, कमलबहादुर मगर, गंगाप्रसाद गिरी (सागर), आनन्दकुमार क्षेत्री (विश्वास), रामस्वरुप महासेठ र कमल जिसी चयन भएका छन् ।

साधारण सभामा नवनिर्वाचित कार्यसमितिलाई बधाई दिदै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा पुष्प कँडेलले अहिले योजना आयोगले दीर्घकालिन योजना तय गर्ने प्रक्रियामा अगाडि बढेको जानकारी दिदै पर्यटन क्षेत्रका आवश्यक सुझाव प्रस्तुत गर्न पर्यटन क्षेत्रका विज्ञ एवं व्यवसायीलाई आग्रह गरे ।

त्यस्तै कार्यक्रममा नवनिर्वाचितहरुलाई बधाई दिदै लामो समयदेखि पर्यटन क्षेत्रका व्यक्तित्वलाई उत्प्रेरणा दिदै आएका नेकपाका केन्द्रीय सदस्य सूर्य थापाले गफमा भन्दापनि काममा जोड दिन सबै पर्यटन क्षेत्रका व्यक्तित्वलाई आग्रह गरे । पर्यटनका योजनाहरु निबन्ध लेखेजस्तो भन्दा पनि ठोसरुपमा कार्यान्वयन हुनेतर्फ केन्द्रित बनाउनुपर्नेमा योजना आयोगको ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा पर्यटन क्षेत्रमा अन्य संघ–संस्थाका अध्यक्ष तथा पदाधिकारीले पर्यटन क्षेत्रको विकासबारे आ–आफ्नो धारणा राखेका थिए ।