३१ आश्विन २०८३, शनिबार

पाकिस्तानमा प्रेसमाथि झन् डरलाग्दो अंकूश

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इस्लामाबाद, १५ पुस । प्रेस स्वतन्त्रताको वकालत गर्दा सैन्य तानाशाहरूरा नियन्त्रणमा लिइएका, यातना दिइएका तथा कैद गरिएका पत्रकारहरूले पाकिस्तानमा फेरि प्रेस स्वतन्त्रतामा कटौती शुरु गरिएको महशुस गर्न थालेका छन् ।

सुरक्षा तन्त्रको अगुवाई भईरहेको उक्त कार्य आवरणमा पहिलेभन्दा कम नियन्त्रणकारी देखिएपनि झन् डरलाग्दो रहेको उनीहरुको भनाई छ ।

पत्रकार तथा प्रेस स्वतन्त्रताको पक्षमा वकालत गरिरहेका अधिकारकर्मीहरुले सेना तथा आईएसआईलगायतका खुफिया तन्त्रहरुले सञ्चार गृहहरुलाई सन्वेदनशील समाचारहरु दबाउन दबाव दिने गरेको बताउछन् ।

यसैबीचमा नवनिवार्चित सरकारले निजी छापा तथा टेलिभिजन च्यानलहरुलाई विज्ञापन दिनका लागि ठुलो राशीको बजेट छुट्याएको छ । प्रत्यक्ष सैन्य शासन र त्यसपछिका पनि शासनहरु देखेका पाकिस्तानका एक अग्रज पत्रकार गाजी सलाउद्दीनले प्रेसमाथि अहिलेको अंकुश पहिलेभन्दा पनि खतरनाक रहेको बताउछन् ।

अहिले के छाप्दा उनीहरुको टाउको दुखाई बन्छ भने हामिलाई थाहा नै हुँदैन, गाजी बताउछन् की त्यहीभएर धेरैजसो कुरामा उहाँहरुले आफैमाथि अंकुश लगाउनुहुन्छ जुन की पहिलेभन्दा पनि खराब स्थिती हो ।

आफिस्तानको सिमा नजीक भईरहेको जनजाति समुदायको आन्दोलन विरुद्धको सैन्य दमनबारे समाचार छाप्दा अमेरिकी सहायतामा चलिरेहेको उर्दु भाषाको एक वेबसाइट भ्वाइस अफ अमेरिकालाई बन्द गरियो । रेडियो फ्री यूरोप र रेडियो लिबर्टीसँग सम्बद्ध मशाल रेडियोलाई पनि बन्द गरियो ।

सन् २००८ को मुम्बई आक्रमणमा आतंकवादीहरुलाई पाकिस्तानी सेनाले सहयोग गरेको भन्दै भुतपुर्व प्रधानमन्त्री नवाज सरीफ दिएको अन्तरवार्ता छापेकाले पत्रकार सिरिल अलमिदामाथि देशद्रोहको आरोप लगाइयो ।

पाकिस्तानी अधिकारीहरुले ट्वीटर र फेसबुकलाई पनि हजारौं अकाउण्टहरु बन्द गर्न अनुरोध पठाएको छ ।

पाकिस्तानी सुरक्षातन्त्रमाथि आलोचनात्मक विचार राख्ने एक स्तम्भकार एवम् पत्रकार ताहा सिद्दिकीको आईएसआईद्धारा हत्या गर्ने प्रयास भएपछि उनी देश छाडी फ्रान्स बस्न बाध्य भए । त्यस्को ७२ घण्टाभित्रै ट्वीटरले उनको पोष्टहरुले पाकिस्तानी कानुनको उल्लंधन गरेको भन्दै उनको ह्याण्डल बन्द गरे ।

सेना तथा सुरक्षा तन्त्रहरुले लोकतान्त्रिक प्रक्रियाले निवार्चित सरकारमाथि नियन्त्रण गर्न खोजेको प्रयासहरुका बारेमा समाचार लेख्दा पत्रकार मतिउल्लाहमाथि राज्यविरोधीको लेबल लगाइयो ।

प्रेस स्वतन्त्रताका अभिन्यताहरुले प्रेस तथा अनलाईन मिडीयामाथि नियन्त्रण गर्न बनाइएको नयाँ कानुनले सरकारी निकायलाई मिडीया नियन्त्रण गर्ने थप औजारहरु प्रदान गर्ने बताउछन् ।

तर पाकिस्तानका सञ्चारमन्त्री फबाद चौधरीले भने पाकिस्तानी मिडीया संसारमै सबसे स्वतन्त्र रुपले कार्य गर्न पाइरहेको दाबी गर्छन् । तर पत्रकारहरुले भने प्रेसमाथि हस्तक्षेप झन् झन् बढदै गईरहेको बताउछन् ।

ईमरान खानको पक्षमा भोट हाल्न सेनाले गरेको गतिबिधीबारे समाचार तथा बिचारहरु दबाउन समेत आईएसआईबाट दबाव आएको पत्रकारहरु बताउछन् ।

सुरक्षातन्त्र खासगरी पाशतुन तहफाज सुरक्षा अभियान जस अन्र्तगत जनजाति ईलाकामा सैन्य कारबाहीहरु भईरहेका छन्, त्यसबारे छापिएका समाचारहरु रोक्न चाहनछन् ।

अहिले पाकिस्तानमा ८९ बटा निजी टेलिभिजन च्यानलहरुलाई ईजाजत दिइएको छ । पाकिस्तान प्रेस फाउण्डेसनका महमद जिआउद्दीनले धेरै नयाँ मिडीयाहरु १५ बर्षयता ठूला व्यापारीहरुद्धारा खोलिएको बताउछन् ।

यी नयाँ मिडीयाको लक्ष्य पैसा कमाउनु अथवा जनसेवा गर्नुभन्दा पनि मिडीया क्षेत्रमा आर्थिक पाटोबाट प्रभाव कायम गर्नु रहेको उनी बताउछन् । एजेन्सी