काठमाडौं । थुप्रै गीतहरूमा स्वर संगीत दिएका गायक एवं संगीतकार नरेश खाती क्षेत्रीले नयाँ लोक दोहोरी गीत ल्याएका छन ।
गीतमा नरेशलाई गायिका देवी घर्तीले साथ दिएकी छिन । ‘छायाँ देख्न पाम…’ बोलको यो गीतका शब्द विजय रनपाल र दीप रनपालले लेखेका हुन ।
विनोद बाजुरालीले एरेन्ज गरेको यस गीतलाई गोरक्ष म्युजिक प्रालिले बजारमा ल्याएको हो ।
गीतको म्युजिक भिडियोमा नरेश खाती क्षेत्री, आरती परियार र रेशमबाबु थापाले अभियन गरेका छन ।
म्युजिक भिडियोमा आरतले आँखा नदेख्ने युवतीको भूमिका निभाएकी छिन । नरेश अपाङ युवकको भूमिकामा छन ।
म्युजिक भिडियोको निर्देशन प्रवीन भट्टले गरेका हुन । मालाश्री रेकर्डिङ भएको गीतको मिक्सिङ खडग बाजुराली गरेका छन।















प्रतिक्रिया