
काठमाडौं, १४ पुस । सीजी कम्युनिकेसनले सन् २०१९ भित्रै मोबाइल सेवा प्रदान तयारी गरेको छ । सर्वोच्च अदालतले सीजी कम्युनिकेसन प्रालिलाई आवश्यक फ्रिक्वेन्सी प्राप्त गर्नबाट बञ्चित नगर्नु नगराउनु भन्दै मंगलबार अन्तरिम आदेश दिएपछि सेवा प्रवाहको तयारीलाई सीजीले तीव्र बनाएको छ ।
चौधरी समूहको कम्पनी सीजीले फोरजी प्रविधिमा आधारित मोबाइल सेवा प्रदान गर्ने जनाएको छ । यसअघि टेलिकम्युनिकेसन सेवा सञ्चालनका लागि मापदण्ड पूरा गर्न नसकेको भन्दैसीजी कम्युनिकेसनलाई दूरसञ्चार प्राधिकरणले अनुमति दिन अस्वीकार गर्दै आएको थियो ।
न्यायाधीश दीपकराज जोशीको एकल इजालसको आदेशले सीजीको मापदण्ड बन्देज फुकुवा गरेसँगै सीजीले चौंथो जेनेरेशनको मोबाइल प्रविधिसहित नेपाली उपभोक्तासम्म आउने तयारी गरेको छ ।
सीजीको मोवाइल सेवा अन्तर्गत ग्राहकले सस्तो र गुणस्तरीय भोइस प्याक र डाटा प्राप्त गर्न सक्ने चौधरी समूहका प्रवक्ता मधुसूधन पौडेलले जानकारी दिए । सीजीले अहिले प्रविधिक संरचनागत सामग्री आपूर्तिकर्ताको छनोट गर्ने काम अघि बढाएको जनाएको छ ।















प्रतिक्रिया