४ कार्तिक २०८३, बुधबार

युभेन्टस पहिलो हारबाट जोगियो

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १२ पुस । क्रिष्टियानो रोनाल्डोले गोल गरेपछि युभेन्टस इटालियन सिरिएमा पहिलो हारबाट जोगिएको छ ।

एटलान्टाको मैदानमा युभेन्टस २–१ ले पछि परेको अवस्थामा रोनाल्डोले गोल गरेपछि युभेन्टस हारबाट जोगिएको हो । रोनाल्डोले मारियो मान्जुकिचको पासको सदुपयोग गरेका थिए । यो बराबरीका कारण युभेन्टसले सिजनमा अपराजित यात्रा कायम राख्न पनि सफल भएको थियो ।

खेलको दोस्रो मिनेटमा नै ब्रेट जिम्स्टीले आत्मघाति गोल गरेपछि युभेन्टसले अग्रता बनाएको थियो ।तर २४औं मिनेटमा डेनियल जापाटाले गोल गर्दै एटलान्टालाई खेलमा फर्काए ।

पहिलो हाफ एक–एक गोलको बराबरीमा सकिएको खेलको ५३औं मिनेटमा युभेन्टस १० खेलाडीमा सिमित भयो । रोड्रिगो बेन्टान्कर रातो कार्ड पाउँदै मैदानबाट बाहिरएको तीन मिनेटमा नै जापाटाले ब्यक्तिगत दोस्रो गोल गरेपछि युभेन्टस पछि पर्‍यो ।

७८औं मिनेटमा रोनाल्डोले गोल गर्दै एटलान्टालाई अंक बाँढ्द बाध्य बनाए । जितसँगै युभेन्टसले तालिकामा ५० अंक बनाएको छ भने एटलान्टा २५ अंकसहित आठौं स्थानमा छ । एजेन्सी