
काठमाडौं, १० पुस । बडिबिल्डर स्वर्णधारी महेश्वर महर्जन स्वदेश फर्किएका छन् । विश्व शारिरिक सुगठन तथा फिजिकल स्पोर्ट्स च्याम्पियनसिपमा नेपाललाई स्वर्ण दिलाउने महर्जन मंगलबार स्वदेश फर्किएका हुन् ।
त्रिभुवन अन्र्राष्ट्रिय विमानस्थलमा उनको भब्य स्वागत भयो । थाईल्याण्डको चाङमईमा भएको १० औ विश्व च्याम्पियनसिपमा स्वर्ण जितेका उनलाई स्वागत गर्नेको भिड थियो ।
स्वदेश फर्किए लगत्तै महर्जनले देशको नाम उच्च स्थानमा राख्न पाउँदा निकै हर्षित भएको प्रतिक्रिया दिए । उनले विदेशी भुमीमा आफू एक्लो हुँदा आँसु झरेको भन्दै भावुकता प्रकट गरे । उनले भने, ‘विदेशी भुमिमा एक्लो भएर हर्षका आँशु आएको हो ।’
च्याम्पियनसिपको पुरुष ७५ केजीमा महर्जनले भारतका खेलाडीलाई पछि पार्दै स्वर्ण जितेका थिए ।















प्रतिक्रिया