५ कार्तिक २०८३, बिहिबार

गायक बर्देवाको स्वरमा आयो ‘अर्काकी बुढी राम्री’

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायक राजेश बर्देवाको स्वरमा रहेको ‘अर्काकी बुढी राम्री’ बोलको गीत रिलिज भएको छ ।

हास्यब्यङग्य शैलीमा रहेको गीतमा संगीत र शब्द दिनेश केसीले दिएका हुन । एरेन्ज कृष्ण बिकले गरेका छन ।

जनता डिजिटल फिल्मसले गीतको पोस्ट प्रोडक्सन गरेको हो । म्युजिक भिडियोको सम्पादन अमृत चापागाइँ गरेका हुन । छायाँकन मुकेश हुमागाइँले गरेका छन ।

गीतको म्युजिक भिडियोलाई महादेव त्रिपाठीले निर्देशन गरेका हुन ।

भिडियोमा महादेव त्रिपाठी, बासुकला मैनाली, सागर गिरी र मुम्बई ग्रुपको अभिनय रहेको छ ।