९ कार्तिक २०८३, सोमबार

अमेरिका पठाउनेभन्दै मानव तस्करी गर्दै मिलन गुरुङ

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

New York City, USA

काठमाडौं, १० पुस । गैरकानुनी रुपमा मानव तस्करी गर्दै आएको एक गिरोहको प्रमाण प्राप्त भएको छ ।

अमेरिका जान खोजेका तर भिसा नपाएका व्यक्तिलाई चोरीबाटोबाट अमेरीका पठाउने गिरोहको रहस्य खुलासा भएको हो । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।

नेपाली, भारतीय र बंगालादेशीलाई चोर बाटोबाट ६ महिना लगाएर अमेरीका पठाउने गिरोहमा नेपाली मात्र नभए भारती र कोष्टारिका नागरिकहरू समेत सक्रिय रहेको प्रमाण फेला परेको छ ।

अमेरिका पु-याउने बहानामा यो गिरोहले ३० लाख भन्दाबढी पैसा असुल्ने मात्र नभए मानसिक र शारिरीक पीडिा समेत दिँदै आएका छन् ।

यो गिरोहको नाईके नेपालको लागी मिलन गुरुङ हुन । गुरुङले नेपाली जम्मा गर्न र भारतसम्म पु-याउने काम गर्दै आएका छन् । गुरुङले भारतीय दलाल सितुपाल सिंहलाई जम्मा पारेको नेपाली जिम्मा लगाउँछन् ।

सितुपालले सेटिङ मिलाउँदै कोलम्बिया, ब्राजिल हुदै पेरुसम्म लगेर कोषटारिका मरिया रोशालाई जिम्मा लगाउँदै आएका छन् । रोशाले पेरुबाट ईकोईटर हुदै मेक्शिको बाट अमेरीका पुर्याउदै आएका छन् ।

पछिल्लो समय यो गिरोहले ९० जना व्यक्तिलाई गैरकानुनी तरीकाले यो रुट हुदै अमेरीका छिराउन खोजेको थियो । जसका नेपाली ३०, भारतीय ३० र बंगाली ३० जना गरी ९० जनाको समूह थियो ।

तर भारतमा जम्मा भएर अमेरीका लागेका यी ९० जना मध्य ३० नेपाली मध्य १९ जना छिरेको र अरु ११ नेपाली भने आजका दिन सम्म पनि बाटोमा अलपत्र भएको स्रोत बताउँछ ।

गैरकानुनी तरीकाले अमेरीका छिरेका १९ नेपाली मध्य पनि १२ नेपालीको पहिचान पछि अमेरीकाले फिर्ता गरेको र टिबटेन अनुहार हुने मात्र शरनार्थी क्याप रहेका छन् ।

३० लाख खर्च गरेर ६ महिना लगाएर अमेरीका पुगेका ति व्यक्ति दुई महिनाको हिरासत पश्ताच गत नेपाल फर्कीएका हुन् भने ११ नेपाली भने मेक्शिको मै अलपत्र परेको अमेरीका पुगेका बताउँछन् ।

तीन दिनसम्म खान समेत नदिएको पीडितको गुनासो छ । मानसिक यातना सँगै दलालको झुण्डले कुटपीट र महिलाई यौन शोषन समेत गर्न गरेको पीडित बताउँछन् ।