९ कार्तिक २०८३, सोमबार

माइक खोस्दा बोल्न नपाएका यि जिल्ला सभापति

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० पुस । कांग्रेस पार्टीको केन्द्रीय कार्य समितिमा सहमति हुन नसक्दा विधान संशोधन मस्यौदा समितिको प्रतिवेदन महासमिति बैठकसम्म नआएको भन्दै प्रतिवेदन माग गर्नेहरूलाई सहमहामन्त्री डा. प्रकाशशरण महतले आक्रमणको प्रयास गरेका छन् । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।

उनले नेपाली कांग्रेस नुवाकोटमा सभापति जगदीश्वरनरसिंह केसीको हातबाट् माइक मात्र खोसेना कि उनलाई महासमिति बैठक अवधिभर बोल्न समेत दिएनन् ।

जिल्ला सभापतिहरूको हेटौंडामा औपचारिक सम्मेलनबाट पारित भएका बिषयबस्तुलाई विधान संशोधन मस्यौदा समितिको प्रतिवेदनमा समेट्नु पर्ने माग नुुवाकोट कांग्रेस सभापति केसीले गरेका थिए ।

बहुसख्यक जिल्ला सभापतिको मागलाई संवोधन नगरिएको भन्दै कड्किएका केसीलाई सभापति देउवाले महासमिति बैठक अवधिभरी बोल्न दिएका थिएनन् ।

उता केसीले एक महिनाअघि मात्र देशैभरका जिल्ला सभापतिहरूको भेला बोलाइ महासमिति बैठकमा पेश गरिने विधान र संगठनसम्वन्धी प्रतिवेदनले समेट्न पर्ने बिषय भन्दै सुझाव दिएका थिए । तर केसीले नेतृत्व लिन खोजेको र वातावरण भाँडेको भन्दै सभापति देउवले उनलाई बोल्न नदिएका हुन् ।