९ कार्तिक २०८३, सोमबार

‘अर्थमन्त्रीले आफूलाई सफल देखाउने लहडमा वित्तीय प्रणालीलाई ध्वस्त बनाए’

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० पुस । गत वर्ष नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक १८८१ बिन्दुमा पुग्यो। अहिले ११०० को आसपास छ। यसबाट बजार पुँजीकरण ८ खर्बभन्दा बढीले घटेको छ। यो अवस्था नेपाली अर्थतन्त्रको ऐना हो। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

यो वर्ष पनि बैंक तथा वित्तीय संस्थाहरूको कर्जाको ब्याजदर उच्च छ। गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले निक्षेप र कर्जामा सन्तुलन मिलाउन नसक्दा निक्षेप र कर्जाको ब्याजदर अस्वाभाविक रुपले बढ्न पुग्यो।

यसलाई सच्याउन नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको सुरुदेखि नै बचत वृद्धिका आधारमा मात्र कर्जा परिचालन गर्न दिने भयो। राष्ट्र बैंकले यो व्यवस्था लागू गर्न सकेन।

कारण आर्थिक वृद्धिदर बढाउन भनेर अर्थमन्त्रीले वित्तीय क्षेत्रको स्वास्थ्यसँग सम्झौता गरिदिए। वित्तीय क्षेत्रको नियामक नेपाल राष्ट्र बैंकको भूमिका कमजोर बनाएर अर्थमन्त्रीले बैंक तथा वित्तीय संस्थाहरूलाई आफ्नै मुठीमा चलाएका छन्।

‘सरकारको विकास खर्चको अवस्था नाजुक छ। सार्वजनिक सेवा प्रवाहको गुणस्तरमा त जनताले कुनै तात्विक फरकको अनुभूति गर्नै पाएका छैनन्,’ पूर्व अर्थमन्त्री डा.रामशरण महत भन्छन्।

अर्थमन्त्री युवराज खतिवडाले उच्च आर्थिक वृद्धिदर हासिल गरेर आफूलाई सफल देखाउने लहडमा समग्र वित्तीय प्रणालीको स्वास्थ र नियामकको भूमिकालाई नै ध्वस्त पारिदिएका छन्।

त्यस्तै, नेपाल राष्ट्र बैंकले अल्पकालीन ब्याजदरलाई निश्चित सीमामा राख्न केही वर्षदेखि यसको करिडोर लागू गर्दै आएको थियो। सरकारी ऋणपत्रको ब्याज बैंकहरूले साधारण निक्षेपमा दिने ब्याजदरभन्दा कम भए त्यो अन्तरलाई उनीहरूले कर्जाको आधार ब्याजदर निर्धारण गर्दा जोड्ने गर्छन्।