
काठमाडौं, ९ पुस । अस्ट्रेलियामा जारी बिस बास लिग (बिबिएल) टी–२० क्रिकेटमा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन् ।
उनले आफ्नो दोस्रो खेलमा सोमबार ३ विकेट लिएका छन् । मेलवर्न स्टार्सबाट खेलिरहेका उनले सोमबार महत्वपूर्ण ३ विकेट हात पारे । सन्दीपको हातबाट होबर्ट हारिकान्सका कप्तान म्याथ्यु वेड, एलेक्स डोनाल र वेड पेभिलोन फर्किए ।
सोमबारको खेलमा मेलवर्न स्टार्स र होबर्ट हारिकान्स भिडेका हुन् ।
पहिले ब्याटिङ गरेको मेलवर्नले ५ विकेटको क्षतिमा १ सय ५५ रन जोडेको थियो । सन्दीपले ४ ओभरमा २५ रन खर्चिए । उनले ९ बल डट खेलाए भने १ चौका र १ छक्का दिए ।
मेलवनले दिएको १ सय ५६ रनको लक्ष्य होबर्टले ४ विकेटको क्षतिमा १८.४ ओभरमा भेट्टाएको थियो ।















प्रतिक्रिया